अस्पताल पुर्‍याउने गाडी नपाउँदा सुत्केरी किशोरीको बाटैमा मृ”त्यु


पाँचथर कुम्मायक-२ मा १९ वर्षीया एक सु”त्केरीकाे मृ”त्यु भएकाे छ। प्रशुति व्यथा लागेपछि समयमै अस्पताल पुर्याउन एम्बुलेन्स नपाउँदा १९ वर्षीया मनिषा आचार्य (गड्तौला) को बुधबार साँझ मृ”त्यु भएकाे हाे। पुस २० गते १० बजे स्वास्थ्य चौकी मङजाबुङमा प्रसूतिका लागि ल्याइएकी उनले ११:५५ बजे सामान्य अवस्थामा बच्चा जन्माएकी थिइन्। उपस्वास्थ्य चौकी मङ्जावुङका प्रमूख सचिन्द्र मेहताका अनुसार आचार्यलाई सुत्केरी व्यथा लागेपछि हिजो बुधबार विहान १० बजे स्वास्थ्य संस्था ल्याइएको थियो ।

‘भर्ना गरिएको दुई घण्टापछि उहाँको नर्मल डेलिभरी भएको थियो । केहिबेरपछि रक्तस्राव सुरु भएर औषधी दिएपछि ठिक भयो’ । साँझ ४ बजे अचानक बेहोस भएपछि थप उपचारका लागि जिल्ला अस्पताल फिदिम लैजानेक्रममा उहाँको निधन भएको महताले बताउनुभयो । बेहोस भएपछि तत्काल जिल्ला अस्पताल पठाउने गाडी नभेट्दा पनि उहाँको थप उपचारमा ढिलाइ भएको मेहताको भनाइ छ । साँझ ९ बजे जिल्ला अस्पताल ल्याइ पु¥याउँदा चिकित्सकले उहाँलाई मृ”त घोषणा गरेका थिए ।

उहाँले जन्माएको बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकको भनाइ छ । सु”त्केरीपछि हुने अत्यधिक रक्तस्रावका कारण उहाँको नि’धन भएको पाँचथर अस्पतालका डा. बुद्वीबहादुर थापाले जानकारी दिनुभयो । मृ’तक किशोरीका श्रीमान् वैदेशिक रोजगारीका लागि गएका छन् । सँगै आएका आफन्तले अस्पताल लैजान गाडी खोजे पनि पर्याप्त समय नहुँदा अस्पताल पुर्‍याउन ढिलो भएको उनका आफन्तले बताएका छन् ।

यो पनि-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकारलाई सफल बनाउन लाग्नुपर्ने बताएका छन्। पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै ओलीले यो सरकारलाई सफल बनाउन सबै लाग्नुपर्ने बताए। सम्बोधनका क्रममा ओलीले भने, ‘प्रचण्डलाई विश्वासको मत दिनुहोला। विश्वासको मत दिने दिन समयमै उपस्थित हुनुहोला। यो सरकारलाई हामी सफल सरकार बनाउन चाहन्छौं। यो सरकारलाई उपयुक्त गाइड गर्न चाहन्छौं। यो सरकारले भ्र”ष्टाचार नगरोस्। भ्रष्टाचार नसहोस्। यो सरकारले सुशासन र समृद्धिलाई जोड दिओस्। हामी सबै लागेर सरकारलाई सफल बनाऔँ।’

ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले खुद्रा खेल खेलिरहेको आ’रोप पनि लगाएका छन्। ‘उहाँ(देउवा जी)ले एउटा पार्टीको अध्यक्षलाई प्रधानमन्त्री दिन्छु भन्नुभयो। बरु ठुलो दलको पार्टीको नेतृत्वले सरकार बनाउन पाउँछ। कांग्रेस अन्तरविरोधमा खेल्न चाहिरहेको छ। हामी त्यसो हुन दिँदैनौँ,’ ओलीले भने। सांसदहरूले सुझबुझ पूर्ण व्यवहार गर्नुपर्ने र रिसाउन नहुने ओलीले बताए। उनले भने, ‘सांसद आ”क्रोसित हुनुहुँदैन, सांसद रिसाउँनु हुदैँन। अनुचित कुरा बोल्ने छुट सांसदलाई छैन। विश्वासको मत दिने दिन समयमै उपस्थित हुनुहोला।’

संसदलाई फोहोरी खेल खेल्ने र दाउपेचको अखडा बनाउन नहुने ओलीको भनाइ छ।