तिलोत्तमाका श्यामको जन्मदिनकै दिन सडक दु’र्घटनामा परि निधन


तिलोत्तमामा मोटर साइकल दु”र्घटनामा परि एक युवाको नि’धन भएको छ । मणिग्राम ४ नम्बर देखि बुटवल जाँदै गरेको लु २५ प ८४२५ नम्बरको मोटरसाइकल शुक्रबार राति ११:१५ मा नयामिल पुरानो चौतारी भन्ने स्थानमा दु”र्घटना हुँदा तिलोत्तमा ८ का ३२ बर्षीय श्याम (बिष्णु) गोतामेको नि’धन भएको हो । दु”र्घटनामा परि अशोक गाहा मगर घा’इते भएका छन् । मोटर साइकल अनियन्त्रित भइ सडक छेउको डिभाइदरमा ठो”क्किएर घा”इते भएका गोतामे र गाहा अस्पताल जाँदै गर्दा स्थानीयले देखे पछि तुरुन्तै सहयोग गरि गाडीमा राखेर उपचारका लागि क्रिमशन अस्पतलमा पुर्याएका थिए ।

ग”म्भीर घा”इते भएका गोतामेको उपचारको क्रममा अस्पताल पुर्याएको २० मिनेट पछि निधन भएको हो ।मृ’तक गोतामेको शवलाई पो’स्टमार्टमका लागी लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ । सडक दु”र्घटनामा परि ज्यान गुमाएका गोतामे जन्मदिन मनाउनका लागि बुटवल जाँदै गरेको बुझिएको छ ।साथीहरु संग जमघट गरि जन्मदिन मनाउने योजना अनुसार गोतामे र गाहा मगर बुटवल जाने क्रममा दु”र्घटना भएको हो । घा’इते गाहा मगरको टाउकोमा थोरै चो’ट लागेको र क्रिमशन अस्पतालमा उपचार भैरहेको छ। lumbinipana.com

यस्तै-पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको बताएका छन्। पार्टी निकट नेवा राष्ट्रिय सङ्घको आज राजधानीमा अधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष नेपालले नयाँ सरकार गठनका लागि नेतृत्वको विषयमा कांग्रेसले विगतको समझदारीबाट पछि हटेका कारण नयाँ परिस्थिति विकास भएको बताए।

उनले संवैधानिक तथा राजकीय पद बाँडफाँडमा कांग्रेसले गठबन्धनका सहयात्री दलको भूमिका र योगदानलाई महत्व नदिएर सबैमा दाबी गर्ने गैरराजनीतिक चरित्र प्रस्तुत गरेको उल्लेख गर्दै केही नेताको अहङ्कारले नयाँ धु्रवीकरण भएको विचार व्यक्त गरे। अध्यक्ष नेपालले निर्वाचनमा प्राप्त जनमतबाट राजनीतिक दलले पाएको शक्तिका आधारमा मुलुकको राष्ट्रिय राजनीतिमा जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे। उनले आफ्नो पार्टीको शक्ति केही कमजोर भएकाले अब देशभर सङ्गठन सुदृढीकरणमा क्रियाशील हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

“सरकारको साझा नीति तथा कार्यक्रमलाई अध्ययन गरेर मात्र पार्टीले विश्वासको मत दिने वा समर्थन नगर्ने विषयमा निर्णय गर्नेछ”, अध्यक्ष नेपालले भने। पार्टीका जनवर्गीय सङ्गठन, स्थायी कमिटी र पोलिटब्यूरो बैठकबाट अहिले सरकारमा नजान र सङ्गठन निर्माणमा केन्द्रित हुन सुझाव आएको उनको भनाइ थियो । उहाँले छरिएर रहेका वाम शक्तिलाई एकताबद्ध गरी बलियो कम्युनिष्ट शक्तिको खाँचो रहेकाले त्यसको निर्माणका लागि केही दलसँग छलफल भइरहेको जानकारी दिए।