अमेरिकामा नेपाली मूलका एक पुरुषको बिहीबार राति गोली हा”नी ह”त्या गरिएको छ । अमेरिकाको कोलोराडोस्थित एक कन्भिनियन्स स्टोर संचालक (मालिक) भेषराज लामिछानेलाई गो”ली हानी ह”त्या गरिएको हो । लामिछाने तनहुँको दमौलीका हुन् । तर उनी आठ वर्ष अघि (सन २०१४) मा डिभी परेर अमेरिका पुगेका थिए। बिहीबार राति एक बन्दुकधारीले गो”ली चलाउँदा उनलाई लागेको हो । र, उनको घ’टनास्थलमै मृ”त्यु भएको बताइएको छ ।
५३ वर्षका लामिछानेमाथि गो’ली चलाउने अप”राधीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । गो”ली चलाउने अपराधि २६ वर्षका स्वानाथन डि एन्जेलो रहेको त्यहाँको प्र”हरीले जनाएको छ। लामिछानेको चार सन्तान रहेको बताइएको छ । यो पनि-प्रदेश – १ को मुख्यमन्त्रीमा एमालेका सांसद हिक्मत कार्कीले दाबी पेश गर्ने तयारी भएको छ । नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखले दिएको समय आज दिउँसो ५ बजे सकिँदै छ । त्यसअघि नै एमालेका सांसद कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् ।
सत्तारुढ गठबन्धनबीच शीर्ष तहमा भएको भागबण्डामा प्रदेश- १ को मुख्यमन्त्री नेकपा एमालेले पाएको हो । त्यस्तै माओवादीले माओवादीले सभामुखमा चित्त बुझाउनु परेको छ । शीर्ष नेताको बैठकपछि आजै प्रदेश – १ को सरकारमा दाबी गर्ने गठबन्धनको तयारी भइरहेको हो । मुख्यमन्त्रीको दाबी गर्दै आएका माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले प्रदेश – १ एमालेको भागमा परेको पुष्टि गरे । उनले प्रदेश सभामुख भने माओवादीले लिने पनि स्पष्ट पारे ।