अख्तियार दु’रुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा आर्थिक वर्षको छ महिनाको अवधिमा ४४२ उ’जुरी दर्ता भएका छन् । यस कार्यालय अन्तर्गत पर्ने चार जिल्ला दाङ, बाँके, बर्दिया र रोल्पा जिल्लाका गरी ४४२ वटा उजुरी दर्ता भएको अ’ख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जका सुचना अधिकारी श्रीधर टण्डनले जानकारी दिए ।जसअन्र्तगत दाङमा १५१, बाँकेमा १८३, बर्दियामा ७० र रोल्पा जिल्लामा ३८ उजुरी दर्ता भएका छन् ।
सूचना अधिकारी टण्डनले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७९/२०८० को ६ महिनाको अवधीमा दर्ता भएका उजुरी मध्य दाङ जिल्लामा दर्ता भएका १५१ वटा उजुरी मध्य ३० वटा उजुरीको छानविन भैसकेको छ भने १२१ वटा उजुरी फच्र्यौट हुन बाँकी रहेका छन् । त्यस्तै बर्दिया जिल्लामा दर्ता भएका ७० वटा उजुरी मध्य १२ वटा फच्र्यौट भएका छन् भने ५८ वटा फच्र्यौट हुन बाँकी रहेका छन् । त्यस्तै रोल्पा जिल्लामा ३८ उजुरी दर्ता भएकोमा ६ वटा मुद्दाको फच्र्यौट भैसकेको र ३२ वटा मुद्दा फच्र्यौट हुन बाँकी रहेका छन् ।
त्यस्तै बाँके जिल्लामा दर्ता भएका १८३ उजुरी मध्य ६० वटा उजुरी फच्र्यौट भएको र १२३ वटा उजुरी फच्र्यौट हुन बाँकी रहेका छन् । त्यस्तै सूचना अधिकारी टण्डनका अनुसार चालु आर्थिक वर्षको छ महिनामा दाङका नौं स्थानीय तहका ३९ वटा उजुरी दर्ता भएका छन् । जसमध्य राजपुर गाँउपालिकामा ५, दंगीशरणमा ८, तुलसीपुरमा ३, घोराहीमा ७, लमहीमा ३, गढवामा २, राप्तीमा ४, शान्तिनगरमा ३ र बंगलाचुलीमा ४ वटा उजुरी दर्ता भएका छन् ।
भने बबई गाउँपालिकामा चालुआर्थिक वर्षको छ महिनासम्म कुनै उजुरी दर्ता भएको छैन् । त्यस्तै चालु आर्थिक वर्षको साउन २५ गते गंगादेव गाउँपालिकामा स्टिङ अपरेशनबाट ५० हजार नगदसहित एक जनालाई प”क्राउ गरेको थियो ।
यो पनि-उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अपराध छानबिनमा प्रभाव पार्न खोजे जुनसुकै दलका मान्छे भएपनि कारवाही गर्ने बताएका छन् । बिहीबार आफू निर्वाचित जिल्ला चितवन पुगको मन्त्री लामिछानेले मुलुकको सुशासनका लागि कुनै पनि कसुर नराख्ने जिकिर गरे । अफूलाई कुनै पनि दल वा दलका व्यक्तिले आफ्नो मान्छे भएकाले छोडिदिन आग्रह गरे उसैलाई कारवाही गर्न सकिने उल्लेख गरे ।
‘कुनै पनि दलले अवराध अनुसन्धानमा बाधा पुर्याउने, मेरो मान्छे छोडिदेउ भनेके सुन्न पर्दैन । बरु त्यस्तो भनेको प्रमाण ल्याउनु भयो भने भन्ने मान्छेलाई पनि कानुनी दायरामा ल्याउन सकिन्छ,’ उनले भने । उनले निर्वाचन अगाडि आफूले गरेका प्रतिबद्धता नभुलेको पनि चर्चा गरे । आफूले जतिसक्दो राम्रो गर्न तर नराम्रो एउटा पनि नगर्ने संकल्प उनले गरे ।
‘राम्रो कति गर्न सक्छु थाहा छैन । तर नराम्रो एउटा पनि गर्दिन,’ उनले भने, ‘कति दिन, महिना वर्ष रहन्छु थाहा छैन। मन्त्री लामिछानेले आफू सफा हात बोकेर मन्त्रालय छिरेको र सफा हात लिएर बाहिर निस्किने जनाए ।