६८ जना यात्रु र चालक दलका चारजनासहित आज बिहान ११ः१० बजे उडेको यती एयरलाइन्सको विमान पोखरा उपत्यकाको सेती नदी खोंचमा खस्यो । दुर्घ”टनाग्रस्त विमानबाट हालसम्म ४१ जना निकालिएको र तीमध्ये बढीमा २ जनामात्र जीवित रहेको प्रारम्भिक अनुमान छ । चर्चित लोकगायक पशुपति शर्मा भने भाग्यबस सो दु”र्घटनामा पर्नबाट जोगिएका छन् । उनले आज यही विमानबाट पोखरा जाने टिकट रद्द गराएका थिए । साथै पोखराबाट पर्खिन आज विमानको प्रतीक्षामा थिए ।
अचानक दु”र्घटनाको खबर पाएपछि उनी स्तब्ध छन् । कर्म र ग्रहले आफू दुर्घटनाबाट बचेको उनको भनाइ छ ।
नेपाल प्रेससँग पशुपति शर्माले विमान दुर्घटनाबारे गरेको कुराकानी-
खासमा आज मेरो यही विमानमा पोखरा आउने कुरा थियो । तर, मेरा अरु पनि कामहरु भएकाले गर्दा आजको फ्लाइट क्यान्सिल गरेर म दुई दिनअघि नै बुद्ध एयरबाट पोखरा आएको थिएँ । आज म पोखराको कार्यक्रम सकेर काठमाडौं फर्कन आँटेको हो । फ्लाइट कुरिरहेको थिएँ । विमान दुर्घटनाको खबर आउँदा पनि म यहीं नै थिएँ । हामी त अब अवतरण हुन्छ भनेर पर्खेर बसेका थियौं । पछि दु”र्घटनाको समाचार देखेपछि साह्रै नमज्जा लाग्यो । रुन मन लाग्यो ।
मेरा कतिपय साथीहरु जानुभयो हेर्न । मलाई पनि जाउँ भन्दै हुनुहुन्थ्यो । तर, त्यहाँ गएर हामीले न उद्दार गर्न सक्छौं त न अरु केही । बेकारमा होहल्ला र उद्दारमा अवरोध हुन्छ भनेर म चाहिँ गइनँ । दुर्घटना भएको विमानका यात्रुका परिवारहरु यहाँ पर्खाइमा हुनुहुन्थ्यो होला । दु’र्घटनाको खबर सार्वजनिक हुनेबित्तिकै यहाँका अधिकतम मानिसहरु दुर्घटनास्थल क्षेत्रतर्फ लाग्नुभयो । त्यसैले दुर्घटनापश्चात उहाँहरुको स्थिति कस्तो छ । के छ भन्ने कुराको ख्याल भने मैले गर्न पाइनँ ।
https://youtu.be/grOjV7ALADc
आइतबार बिहान पोखराको सेती खोँचमा यती एयरलाइन्सको एटिआर जहाज दु’र्घटनामा परेपछि उद्धार कार्य जारी रहेको छ । चालक दलसहित ७२ जना सवार रहेकामध्ये हालसम्म ६९ जनाको शव फेला परेको छ भने बाँकी ३ शव फेला परे पनि खोँचबाट निकाल्न कठिन भएको छ । यस्तै, तीन जनाको अवस्था भने अझैँ अज्ञात रहेको बताइएको छ ।
हालसम्म फेला परेका श’वमध्ये ३४ शव गण्डकी अस्पतालमा लगिएको छ भने ३२ जनाको शव प्र’हरीले घ’टनास्थलमा संकलन गरिसकेको छ। लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमिया, निरा छन्त्यालको सनाखत भएको छ। यस्तै, हालसम्म १ विदेशीसहित ११ जनाको सनाखत भइसकेको बताइएको छ ।