रहिनन दोहोरी गायिका निरा छन्त्याल,दिदिसंग लाइभ कुराकानी,बुबा पोखरा जादै सब बुझ्न ( भिडियो हेर्नुहोस )


काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दु”र्घटनामा परेर लोकगायिका निरा छन्त्यालको मु”त्यु भएको छ। उनको मृत्यु भएको खबर उनकी दिदी हिरा छन्त्यालले पुष्टि गरेकी छन्। दिदी हिराका अनुसार निरा पोखरामा आयोजना हुने चौथो संगबहादुर तथब्जा स्मृति कप कार्यक्रममा सहभागी हुन जान लागेकी थिइन्। उनले आजै बिहान आफ्नो एक तस्बिर सार्वजनिक गर्दै माघे संक्रान्तिको शुभकामनासमेत दिएकी थिइन्।

‘माघे संक्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनु हुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्छु,’ उनले लेखेकी थिइन्। गायिका छन्त्यालको मृत्यु भएको जानकारी पाएसँगै पोखरामा आयोजना हुने भनिएको कार्यक्रम स्थगित गरिएको आयोजक संस्थाका सचिव नवीन घर्ती छन्त्यालले बताए। हामी पोखरामा बस्ने छन्त्यालहरूले आफ्नो महान् पर्व भनेर उहाँलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरेका थियौं। उहाँको दु”र्घटना भएको जानकारी पाएसँगै हामीले कार्यक्रम स्थगित गरेका छौं,’ उनले भने।

नेपाल छन्त्याल समाज कास्कीले आज माघ १ गते अन्तरछन्त्याल गाउँपालिका वडास्तरीय पुरुष तथा क्लबस्तरीय महिला भलिबल प्रतियोगता राखेको थियो। आज बिहान काठमाडौंबाट पोखरा उडेको एटिआर जहाज पोखरामा दु”र्घटनाग्रस्त भएको हो। विमानमा दुई पाइलट, दुई जना एयर होस्टेससहित ७२ जना यात्रु सवार थिए। गायिका छन्त्यालले आफ्नै युट्युब च्यानलमार्फत लाइभ दोहारी गाउँथिन् जुन चर्चित छन्। उनले यसै वर्ष ‘संगीनी’ बोलको तीज गीत पनि गाएकी थिइन्।
https://youtu.be/bHQEjNeK9zI

पोखरामा भएको विमान दु”र्घटनाप्रति चीन र संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट पोखराका लागि आज बिहान उडेको यति एयरलाइन्सको विमान पोखरामा अवतरण गर्नुअघि दुर्घटनामा परेको थियो । विमानमा चालक दलका चार सदस्यसहित ६८ यात्रु सवार थिए । यहाँस्थित अमेरिकी राजदूतावासले सामाजिक सञ्जालमार्फत उक्त दुःखद दु”र्घटना अत्यन्त मर्माहत भएको उल्लेख गर्दै पी”’डित परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

यसैगरी चिनियाँ राजदूत छेन सोङले ट्विट गर्दै विमान दुर्घटनाले निकै स्तब्ध भएको उल्लेख गर्दै दुःखद घडीमा नेपाली जनताका साथमा रहेको बताएका छन्। उनीहरुले विमान दु”र्घटनाका मृ”तकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । गायक हेमन्त शर्मा पोखराको सेती नदी खोँचमा दुर्घ”टनामा परेको विमान उडेको करिब एक घण्टाअघि आफू उडेको बताएका छन् । कार्यक्रम आयोजकले धन्नले आफ्नो टिकट एक घण्टापछि सारिदिएनछन् भन्दै दुर्घटनाप्रति उनले दुःख व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू काठमाडौंबाट पोखरा उडेको कबि १ घण्टापछि यती एयलाइन्सको विमान पोखरा लागि उडेको बताएका छन् । उक्त विमान दु”र्घनाप्रति लक्षित गर्दै चौतर्फीबाट म्यासेज आएकोमा सबैलाई चासो व्यक्त गरेको उनले धन्यवाद पनि दिएका छन् । उनले लेखेका छन्, ‘धन्न आयोजक प्रशान्त भाईले टिकट केहि पछिको गरिदिएनछन्।आज म काठमाण्डूबाट पोखरा उडेको करिब १ घण्टा पछि काठमाण्डूबाटै पोखराको लागि उडेको जहाज़ नराम्ररी दु”र्घटना ग्रस्त भएछ।

सँगै वेटिङ मा रहनुहुने देखादेख भएकै कत्ति यात्रु पक्कै पर्नुभयौ। साह्रै दुखः लाग्यो। सम्पूर्ण मृ”तकहरूप्रति हार्दिक श्रद्धांजलि ब्यक्त गर्दछु। ज़िन्दगीको केहि भर छैन । मेरो बिहानको बाग्लुंग यात्राको पोष्ट हेरेर मलाई देश बिदेशबाट कल,म्यासेज गरि चासो ब्यक्त गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद ।’