आइतबार विहान यती एयरलायन्सको जहाज खसेको पोखराको सेतीकै खोँच नजिक छ नागार्जुन टोल। त्यही टोलमा बस्नुहुन्छ कुमार आले। तनहुँको बन्दीपुरमा जन्मनुभएका उनी परिवारसहित १० वर्षदेखि यही टोलमा बस्दै आएका छन्। स्थानीय ब्लक फ्याक्ट्रीमा काम गर्ने आले समय-समयमा माछा मार्न सेती नदीको किनारमा जाने गर्छन्। संयोगवश आइतबार पनि विहानै उनी सेतीको खोँचमा झरे। दुर्भाग्य, त्यहीँ माछा मार्ने क्रममा आइतबार विहान उनले जीवनमा कहिल्यै नदेखेको त्रासदी देख्नु र भोगे।
एकसुरमा जालमा माछा पार्ने प्रयन्त गरिरहेका आलेले सेती सुसाएको जस्तो सुने। ठूलो आवाजसँगै माछा मारिरहेकै ठाउँमा ढुंगा झर्न थाले। सुसाएको आवाज ठूलै हावाहुरी आएको जस्तो सुनिएको आलेले सुनाए। ‘ढुंगा झर्न थालेसँगै मेरो त होसहवास नै उड्यो, के भयो भनेर निकै अत्तालिएँ,’ उनले भने, ‘खोँचबाट माथि कसरी आइपुँगे आफैँलाई थाहा छैन, अहिले सम्झँदा कहाली लागेर आउँछ।’ माथि आइसकेपछि मात्रै जहाज दु”र्घटना भएको थाहा पाएको उनले सुनाए। सेती खोँचमा आफू मात्रै नभइ अरु चार जनाले पनि माछा मारिरहेको आफूले पछि मात्रै थाहा पाएको बताए।
‘यति ठूलो दु”र्घटना हुँदा नदीकै खोँचमै रहेको म भाग्यले बाँचेको जस्तो लाग्छ, अहिले पनि सम्झाँदा डर लाग्छ,’ उनले सुनाए, ‘परिवारका सदस्य पनि उत्तिकै डराएका छन्।’ जहाज ठो”क्किएपछि खोँचमा खसेका ढुंगा शरीरमा लाग्दा करङ्गमा चो”ट लागेको छ भने शरीरका अन्य भागमा पनि चो”ट लागेको उनले सुनाए। नदीको दुवैतर्फ रहेका घनावस्तीका बीचमा जहाज दु”र्घटना हुँदा आसपासका वस्ती जोगाएको भन्दै स्थानीयले पाइलट कमल केसीलाई धन्यवाद दिएका छन्।
https://youtu.be/MO3wzIYRJig