सामाजिक सञ्जालको प्लेटफमबाट चर्चामा आएका सचिनले केही समय निक्कै चर्चा कमाएका थिए।कलिलो उमेरमा चर्चामा आएका सचिनको हँसिलो अनुहार, चञ्चलता र मिठास पूर्ण बोलीको धेरै म्यूजिक भिडियोदेखि लाइभ दोहोरीसम्म प्रयोग भएको थियो। सचिन उपचारकै क्रममा अस्पतालमा रहदै गर्दा आज एउटा दु:खद खबर बाहीरिएको थियो । सचिनलाई एम आर आई गर्नको लागि अर्को अस्पताल लैजानुपर्ने भएको थियो । सचिनका बाबु तेजेन्द्रले छोरो उपचारको धेरै पैसा चाहिने र आफुसँग छोरोको ज्यान बचाउन पैसा नभएको बताउँदै सहयोगको लागि अपिल गरेका थिए।
सचिनलाई ज्वरो बढेकोले तत्काल अप्रेसन गर्न नसकिएकोले अलिक सन्चो हुनासाथ अप्रेसन गरिने कुरा उनले बताएका थिए । सचिनको उपचारको लागि उठेको ५ ७ लाख रुपैया अपुग हुनसक्ने कुरा उनले बताए । छोरो बिरामी हुँदा हरेक बाबुलाई साथमा हुने रहर हुन्छ तर आफुपनि बिरामी भएकोले इन्डियामा उपचाररत रहेको उनले बताए । आज भने सचिन बाबुको सफल अप्रेशन पछि उनलाई अहिले टिचिङ अस्पतालको SICU मा राखिएको छ ।
https://youtu.be/UZzB8SlUIj8