भेटियो दुर्घटनाग्रस्त यती एयरको ‘ब्ल्याक बक्स’ के गर्छ काम ?


दुर्घटनाग्रस्त यती एयरको ‘ब्ल्याक बक्स’ सोमबार बिहान भेटिएको छ । आइतबार बिहान पोखरास्थित सेती नदीको खोँचमा दुर्घ”टनामा परेको जहाजको ‘ब्ल्याक बक्स’ भेटिएको हो । उक्त बक्स मात्रै दुर्घ”टनाको कारण पत्ता लगाउने एक यन्त्र हो । जहाँ दु”र्घटना अघिका कुराहरु रेकर्ड भएका हुन्छन् । जुन दुर्घ”टना भएको बेला नजल्ने यन्त्र पनि हो । दुर्घटनापछि लगातार उद्धारका कार्य थालिएको थियो । तर राति भएपछि उद्धार गर्न प्रतिकुल भएपछि सोमबार बिहानैबाट पुन हराएकाहरुको खोजी थालिएको थियो । अझै केही मानिसहरु बेपत्ता छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार यतिबेला पनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ। भेटिएका श”वहरु गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ। शवहरुमध्ये २६ वटा पहिचान भएको जनाइएको छ । सरकारले मृतकहरुको श”व आजै आफन्तहरुलाई बुझाउने तयारी गरेको छ । सोमबार खोजी कार्यमा खटिएको गोताखरसहितको टोलीले बेपत्ता ४ शवमध्ये २ श”व फेला पारेको हो ।

बाँकी २ जनाको खोजी भोलि गरिने भएको छ । सोमबार २ शव फेला परेसँगै चालक दलसहित ७२ जना रहेकामा ७० जनाको श”व फेला परेको छ । दिउँसै खोजी कार्य गर्न नसकिने खोँचमा राति खोजी कार्य असम्भ रहेको छ । सोमबार शव खोज्न ड्रोनको प्रयोग गरिएको थियो । भोलि पनि ४ वटा ड्रोनसहित बेपत्ता २ जनाको खोजी गरिने भएको छ ।
https://youtu.be/F6PA7kRhNWc