विराटनगरको कोसी अस्पतालले जिउँदो शिशुलाई मृ’त घोषणा गर्ने चिकित्सकलाई काम गर्न रोक लगाएको छ । त्यस्तै उक्त घ’टनाको छानबिन गर्न तीन सदस्यीय समिति बनाएको छ । बुधबार विहान श्वासप्रश्वासमा समस्या भएपछि इमरजेन्सी वार्डमा भर्ना गरिएकी १९ दिने शिशुलाई अस्पतालका मेडिकल अफिसर डा. आकाश यादवले मृ”त घोषित गरेका थिए । चिकित्सकले मृृ”त घोषित गरेपछि आफन्तले शिशुलाई घर लिएर गएका थिए । अ’न्त्येष्टिको तयारी हुँदै गर्दा शिशुले शरीर चलाएपछि आफन्तले गोल्डेन अस्पताल विराटनगर भर्ना गरेका थिए ।
अहिले उनको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । उपचारमा लापरवाही गरेको गुनासो आएपछि अस्पतालले छानबिनका लागि बालरोग विशेषज्ञ डा. प्रविण झाको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा अर्का बालरोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र प्रशासनका कर्मचारी रामप्रसाद नेपाल छन्। अस्पतालका सूचना अधिकारीसमेत रहेका नेपालले छानबिन नसकिएसम्म उपचारमा संलग्न डा. आकाश यादव, अहेब लक्ष्मण माझी र टीका भण्डारीलाई काममा रोक लगाइएको बताए ।
बुधबार विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म इमर्जेन्सी वार्डमा डा. यादव र अहेबद्वय माझी र भण्डारी ड्युटीमा थिए । बुधबार विहान मोरङको जहदा गाउँपालिका–३ घर भई विराटनगर १० माइती घर बस्दै आएकी उमादेवी मुखिया र उनका श्रीमान दिपिल मुखियाले १९ दिने नवजात शिशुलाई उपचारका लागि कोसी अस्पताल ल्याएका थिए । अस्पताल पुर्याएको केही समयपछि डा. आकाश यादवको टोलीले मृ”त घोषित गरेको थियो ।
चिकित्सकले मृत घोषित गरेको शिशु जि’उँदै रहेको पाएपछि शिशुका आफन्तले कोसी अस्पतालमा आएर उपचारमा खटिएका चिकित्सकमाथि हातपात गरेका थिए ।
https://youtu.be/mhBpuiv4R4Y
यो पनि पढ्नुहोस।
वीर अस्पतालमा ‘क्याथल्याब’ सेवा सुरु गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले मुटु रोगको उपचारका लागि शल्यक्रिया थिएटर (क्याथल्याब) शुभारम्भ गर्नुभएको हो । अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औल्याउँदै उहाँले अस्पतालमा आउने कोही पनि पैसाको अभावले मृत्युवरण नगरुन् र सहज रुपमा सेवा पाउन् भन्नेमा जोड दिनुभयो । मन्त्री गिरीले अस्पतालका उपकरण छिटो बिग्रने कुराप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै भविष्यमा यस्तो हुन नदिन आग्रह गर्नुभयो ।
स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले क्याथल्याबले मुटु रोगीको उपचार गर्न सहज हुने बताउनुभयो । उहाँले संविधानले सुनिश्चित गरेको आधारभूत निःशुल्क स्वास्थ्य सेवालाई कार्यन्वयन गर्र्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले मुलुककै पुरानो र ठूलो अस्पतालमा क्याथल्याब आवश्यक महुसुस गरेर स्थापना गरिएको बताउनुभयो । उहाँले चार मुटु रोग विशेषज्ञ भएको अस्पतालमा एउटा क्याथल्याब सेवाको विस्तार गरिएको र यसबाट बिरामीलाई गुणस्तरीय तथा सर्वसुलभ सेवा उपलब्ध सहज हुने उल्लेख गर्नुभयो ।
हृदयाघात भएर आउने बिरामीलाई २४ घण्टाभित्र प्राइमरी एन्जिओप्लाष्टिक (मुटुको नसा खोल्न) क्याथल्याब आवश्यक पर्दछ । क्याथल्याबमा मुटुको प्राइमरी एन्जिओप्लाष्टिकका लागि शल्यक्रिया गरी नसा खोलेर बचाउने गरिन्छ ।