गुल्मीको अनौठो घटनाः बिवाह वस्तुका प्रकाशसंग सुहाग’’रात मौवापोखरीका प्रकाशसंग ….


प्रेम सुनार, गुल्मी
गुल्मीका एक युवा र अर्घाखाँचीकि एक युवती बिच फिल्मी शैलीमा अनौठो बिवाह भएको । अर्घाखाँची जिल्लाको को छत्रदेव गाउँपालिका – ४ केरुङ्गाकी २१ वर्षीया राधिका सुनार र गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तुका २८ वर्षीय प्रकाश बिक बिच माघ १२ गते भएको उक्त अनौठो बिवाहले त्यँहाका बासिन्दा अचम्म परेका छन् ।

बिवाह गर्न भनी केही दिन अघि मात्र बिदेशबाट घर आएका प्रकाशलाइ केटि माग्न उनका आफन्तजनहरु विभिन्न ठाउँमा केटि हेर्न पुगे । त्यसै क्रममा तम्घास भुजेलखर्ककी चमेली बिकले अर्घाखाँची केरुङ्गाकी राधिका सुनारलाई माग्न पुगिन । केटा केटि एक अर्कालाई भेट गराइयो, एक अर्काले मन पारे।


एक आपासमा कुराकानी पनि भयो । त्यसपछि माघ १२ गते बिवाह गर्ने टुङ्गो लाग्यो । सोही अनुरुप माइती पक्षले हुनेवाला बेहुली राधिकालाई केरुङ्गाबाट तम्घास पुर्याए । उता वस्तुबाट बेहुली लिन बेहुलासहितका जन्ती आए र राती नै लगेर गए । अर्को दिन बिहानै वस्तुको कालिका मन्दिरमा सिन्दुर टीका गराइ बेहुलीलाई घर पनि भित्राइयो ।

बिहानदेखि राती अबेरसम्म भव्य भोज भतेर, बाजातालमा नाचगान मै ब्यस्त रहे । बेहुला बेहुली पनि एकले अर्काको हात समाउदै नाचेर माया साटा–साट गरे । दोश्रो दिन माघ १३ गते नबदम्पती दुरन फर्काउन ससुराली केरुङ्गा तर्फ लागे । त्यस राती बेहुला आफ्नो जेठानसँग सुते । तर बेहुली आफ्नो प्रेमीसँग राती नै भागी सकेकी थिइन । बेहुला प्रकाश भन्छ्न मैले त आफन्तसँग भेटघाटमा ब्यस्त होलिन भन्ने ठानेको थिए ।

अर्को दिन थाह भयो कि अघिल्लो दिन यता प्रकाश बिकको सिन्दुर पहिरिएकी राधिका अर्का प्रकाशसँग टाप कसेकी रहिछिन्। अर्का प्रकाश, अर्थात छत्रदेव गाउँपालिका ३ मौवापोखरिका २२ बर्षिय प्रकाश सुनार ।

अर्का प्रकाशसंग दोश्रो बिवाह गरि रातारात भागेको कुरा चाल पाए पछि अघिल्लो दिनको बेहुला बिक्षिप्त हुदै घर फर्किन बाध्य भए । प्रकाश सुनार सँग पाँच बर्ष अघि देखि प्रेम सम्बन्ध रहेको बल्ल थाहा पाएपछि पहिलो गाँस मै दातमा ढुङ्गा लागे जस्तै भएका यी राधिकाको छलकपटमा परेका, बिवाहको दोश्रो दिनमै एकल बनेका यताका प्रकाश । सोधपुछका क्रममा आफुलाइ कसैसँग प्रेम सम्बन्ध छ भनेर राधिकाले नभनेको यताका प्रकाश अर्थात प्रकाश बिकले बताए ।

बिवाहमा करिव ५ लाखसम्म खर्च भएको उनको भनाइ छ । प्रकाश बिकले धोका खाए पछि जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिएका छन् । शुक्रबार दोश्रो पटककी बेहुली र उनको दोश्रो प्रकाश हन्समुख चेहरामा त्यस प्रहरी कार्यालयमा आइ पुगेका थिए भने यताको पहिलो प्रकाश निरास चेहरामा आइ पुगेका थिए। पत्रकारहरुले क्यामरा तेर्छाउदै तपाई टेलिभिजनको पर्दामा देखिन चाहनु हुन्छ भनेर अनुमती माग्दा नव जोडि दुबैले मुस्कुराउदै हुन्छ भनेको बिष्य बिभिन्न सञ्चारमाध्ययममाल प्रकाशन भएको छ ।
राधिकाका दोश्रो प्रकाशका बाबु अर्थात प्रकाश सुनारका बाबुलाई उनिहरु बिच प्रेम सम्बन्ध छ भन्ने थाह पाएरै पहिलो प्रकाश भन्दा आफू पहिला माग्न गएको र शुक्रबार आउनुस भनेर पठाएको तर माइतिले बिवाह भने अर्कोसँग गराइ दिएको बताएका छन् ।
माया एउटासँग बिहे अर्को सँगको फन्दामा परेकी राधिका आफुले पहिलो प्रकाशसँग बिवाहा नहुनु अघि नै दोस्रो प्रकाशसँग लभ छ मेरो भन्दा भन्दै पनि जबर्जस्ति बिवाहा गराइ दिएको जिकिर गर्छिन ।

जबकी राधिकाको बिवाहा हुँदैछ भन्ने कुरा प्रेमी प्रकाशलाई थाह भै सकेको थियो । किन पहिल्यै नभगाएर बिवाहपछि भगाइयो त भन्ने प्रश्नमा राधिकाका उनै दोश्रो प्रकाश भन्छ्न बिवाहा रोक्न र आफुले चाहे पनि राधिकाका दाजुको धम्किका कारण रोक्न नसकेको बताउछन् । जिल्ला प्रहरी कार्यालयमा छ्लफलका लागि जुटेका दुबैतर्फका मानिसहरुले बेहुली राधिकालाई केरकार गरेका थिए । पहिल्लै किन नभनेर अर्कालाई धोका दिएको भन्दै केटि मागी दिने लमी चमेली बिकले झपार्दै थिइन ।

छ्लफल चलिरहेको छ । पहिलो प्रकाश आफु ठूलो अन्यायमा परेको बताउछन्। बिवाह खर्चको पुरै रकम नमागेपनि पहिलो प्रकाशले धनमालसहित करिव डेढ लाख रुपैयाँ मागेका छ्न । साझ अबेरसम्म छ्लफल गर्दा पनि दोस्रोे प्रकाशका बाबु आफ्नो छोराको गल्ती स्वीकार नगरी उल्टै राधिकाको माइतिजनलाई धम्की दिदै गाडी चढेर लागे घरतिर ।

छ्लफलमा सहभागी सबै जना भन्छ्न पहिलो प्रकाश माथी निकै जाजझेल भएको छ। उनले न्याय पाउनु पर्छ। बाबू आमाले जबर्जस्ति बिवाह गराई दिन लागेको थिए भने राधिकाले त्यतिका दिनसम्म के हेरेर बसेकी थिइन ? बेहुला र जन्ती त बेहुलिको घरमै बोलाउनु पर्ने किन उल्टै बेहुलीलाई लिएर तम्घास आइयो ? यी यावत सवालसहित हिन्दी साजिस फिल्म जस्तो पहिलो प्रकाश माथी भएको यो षड्यन्त्र चिर्न समाजका सबै पक्ष लाग्नु पर्ने र यस्ता घटनाबाट सबै सचेत पनि हुनु पर्ने छलफलमा सहभागिहरुको तर्क छ।