सिता एयरले घटायो दाङ– काठमाण्डौको भाडा


 दाङको टरिगाउँ एयरपोर्टबाट बुधबारदेखि नियमित उडान भर्न लागेको सिता एयरको जहाले भाडा घटाएको छ । भाडा महंगो भएको जनगुनासो आइरहेका बेला सिता एयरले एक हजार भाडा घटाएको क्षेत्रिय डाइरेक्टर विनोद मीश्रले जानकारी दिनुभयो । यस अघि ९ हजार भाडा तोकिएको थियो ।

अत्याधिक भाडा महंगो भएको जनगुनासो आएपछि तुलसीपुर उद्योग बाणिज्य संघको प्रतिनिधित्व गर्दै अध्यक्ष रामप्रसाद चालिसे, तुलसीपुर उपमहागनरपालिका उपमेयर स्यानी चौधरीले भाडा संमायोजनका लागि पहलकदमी चाल्नु भएको थियो ।

हाल उडान भर्दै आइरहेको नेपाल वायुसेवा निगमको जहाजले ८ हजार आठ सय देखि ९ हजार १० रुपैयाँ भाडा लिदै आइरहेको छ । सिता एयरसंगै दाङको टरिगाउँ एयरपोर्टबाट सरकारी र निजी कम्पनीका गरेर दुईवटा जहाजले उडान भर्नेछन् ।

निरन्तर संवादमा रहनु भएका अध्यक्ष चालिसेले मंगलबार ४ बजे बोर्डको बैठकले एक हजार भाडा घटाएको जानकारी दाङलाई दिएको बताउनुभयो । जहाले काठमान्डौबाट १२ः१० र दाङबाट काठमान्डौका लागि साढे एक बजे उडान भर्ने छ ।।