चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो ताल फुटेको जानकारी आएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षले ताल फुटेको जानकारी गराएको हो । सूचना पाएलगत्तै नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन सर्कुलर जारी गरिएको छ । प्रजिअ परियारले भने, “थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ। नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ ।”
ताल फुटेसँगै नदीको बहाव बढ्न सक्ने भएकाले भोटेकोशी तथा तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।





