काठमाडौँः दार्चुलाको पनेबाजमा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । आज दिउँसो करिब साढे २ बजे पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको हो ।
राजमार्ग अवरुद्ध हुँदा दार्चुलाबाट छुट्ने छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । पहिरो निरन्तर झरिरहेका कारण तत्काल पन्छाउन नसकिएको सडक डिभिजन कार्यालय बैतडीले जनाएको छ । पहिरो झर्न रोकिएपछि पन्छाउने काम सुरु गरिने कार्यालयका सूचना अधिकारी कपिलप्रसाद पन्तले जानकारी दिए ।





