ग्यास नपाएपछि सडकमा चुलो बालेर खाना पकाउँदै अनेरास्ववियु क्रान्तिकारी


काठमाडौँः खाना पकाउने ग्यासको अभाव भएको भन्दै अनेरास्ववियु क्रान्तिकारीले काठमाडौंको आरआर क्याम्पस अगाडि सडकमा खाना पकाएर सरकारको विरोध गरेको छ ।

ग्यास नपाएको भन्दै उनीहरूले सडकमा इँटा राखेर चुलो बनाएका थिए । दाउरा बालेर सडकमै खाना पकाउनुका साथै प्रदर्शनकारीले त्यहीँ बसेर खाना समेत खाएका थिए ।

ग्यासको सहज आपूर्ति गर्न सरकार असफल भएको आरोप लगाउँदै उनीहरूले तत्काल ग्यासको आपूर्ति व्यवस्था सहज बनाउन माग गरेका छन् । सडकमा खाना पकाएर गरिएको प्रदर्शनमार्फत सरकारको ध्यानाकर्षण गराउन खोजिएको उनीहरूको भनाइ छ ।