काठमाडौँः नयाँ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा सुनसरी–४ का सांसद दीपककुमार साह सिफारिस भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।
यसअघि उद्योग मन्त्री रहेकी गौरीकुमारी यादवले राजीनामा दिएपछि साहलाई नयाँ मन्त्रीका रूपमा सिफारिस गरिएको हो । उनको नाम राष्ट्रपति कार्यालयमा पठाइएको छ । साह चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका थिए । यसअघि उनी सीके राउत नेतृत्वको जनमत पार्टीबाट निष्कासनमा परेका थिए । त्यसपछि उनले आफ्नै दलसमेत खोलेका थिए ।
साह अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै रहेका छन् । मन्त्रिपरिषद्को बैठक जारी रहँदा उनी कार्यालयको एक कोठामा बसेर बैठक सकिने प्रतीक्षामा रहेको बताइएको छ ।





