भरतपुरमा विद्युतीय कारमा आगलागी, एक जनाको जलेर मृत्यु


काठमाडौँः भरतपुर महानगरपालिका–९ वसन्तचोकमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।

आज बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र.०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो । सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

आगो नियन्त्रणमा लिएपछि कारभित्र नाम, थर र ठेगाना नखुलेको एक जना व्यक्ति जलेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । आगलागीबाट कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।