ट्रम्पलाई इरानविरुद्ध युद्ध सुरु गरेकोमा कुनै पछुतो छैन


काठमाडौँः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा असर परे पनि इरानविरुद्ध युद्ध सुरु गरेकोमा आफूलाई कुनै पछुतो नरहेको बताएका छन् ।

फक्स न्युजसँगको अन्तर्वार्ताका क्रममा चुनावमा पर्ने असरबारे सोध्दा ट्रम्पले आफू ‘पछुतो’ शब्दमा विश्वास नगर्ने बताए। उनले भने, “तपाईं सधैं आफूलाई थोरै प्रश्न गर्न सक्नुहुन्छ।” बिहीबार प्रसारित कार्यक्रम ‘द इन्ग्राहम एंगल’ मा ट्रम्पले इरानविरुद्धको सैन्य कारबाहीको बचाउ गर्दै आफूले फेरि पनि त्यही निर्णय लिने बताए । उनले भने, “यदि मैले यो फेरि गर्नुपरेमा, मैले जे गरेँ, सोही गर्ने थिएँ।”

ट्रम्पले आफ्ना केही समर्थकहरू युद्धका कारण रिसाएका वा हतोत्साहित भएका छन् भन्ने दाबीसमेत अस्वीकार गरेका छन् ।