दाङ । सामान ओसार्ने रिक्सा चालक २४ बर्षिय अर्जुन बिक सामाजिक संजालमा एकाएक भाईरल भएका छन । उनको २ बर्षिय छोरा बिकासलाई पिठियुंमा सर्टले बेरेर बोकी काम गर्न हिंडेको तस्बिर भाईरल भएको हो ।
खेलकुदमा ताईकाण्डोका ३ डन समेत रहेका बिक लकडाउन मा परिवारले छाडेपछी एक्लै भएका हुन र आफ्नो छोरा बिकास सँगै राखेका छन । घरका पारिवारिक झगडाले श्रीमतीले छाडेर गएको बताए ।
जब अर्जुनको कुरा उनको श्रीमतीले थाहा पाए पछि आफु आफ्नै श्रीमान महिला हिंसामा परेको भन्दै बिहे भएको पाच बर्ष पछि बालबिबाह को मुद्धा हालेकी छिन। लक्ष्मी को २ बर्ष को छोरा छ , बिहे गरेको पनि ५ वर्ष भयो के यसमा बालबिबाह को मुद्धा लागु हुन्छ ? यो सबै को प्रश्नको बिषय भनेको छ।
पहिला मिडिया मा आएर अर्जुनलाई यस्तो उस्तो भनि बताउने लक्ष्मी अहिले भने मिडिया मा आएकी छैनिन। अर्जुन भने म लक्ष्मी लाई स्वीकार गर्छु भन्दा लक्ष्मीले मानेकी नै छैनन।
भिडियो सहित हेर्नुहोस
https://youtu.be/PChZAq8hPPg