धेरै रन बनाउनेमा विराट कोहली भन्दा पारस खड्का अगाडि


सन् २०१९ मा सवै भन्दा बढी विकेट लिने र रन बनाउने खेलाडीको सूची खेल सम्बन्धी वेवसाइड क्रिक फुटीले सार्वजनिक गरेको छ ।

सन् २०१९ मा टी–२० तर्फ सर्वाधिक विकेट लिनेमा नेपालका सन्दीप लामिछाने र करण केसी परेका छन् । दुवैले २८–२८ विकेट लिएका छन् ।

टी–२० तर्फ सर्वाधिक रन बनाउनेमा नेपालका पूर्व कप्तान पारस खड्काले भारतीय कप्तान विराट कोहलीलाई पछाडि पारेका छन् । खड्का सर्वाधिक रन बनाउनेमा सातौं नम्बरमा छन् ।

खड्काले १८ इनिङमा ३७१ बल सामना गर्दै ५४१ रन बनाएका छन् । खड्काले एक शतक समेत यो वर्ष नै गरेका छन् । सन् २०१९ मा पारस खड्काले तीन अर्धशतक गरेका छन् ।

भारतका कप्तान कोहली भने नवौं नम्बरमा छन् । उनले यो वर्ष टी–२० तर्फ शतक गरेका छैनन् । उनको उच्च स्कोर ९४ छ ।

कोहलीले दश इनिङबाट ३१५ बल सामना गर्दै ४६६ रन बनाएका छन् । पहिलो नम्बरमा भने आयरल्याण्डका पउल स्टर्लिङ छन् । उनले २० इनिङ खेल्दै ५३२ बल सामना गर्दै ७४८ रन बनाएका छन् ।