दाङ्गको एक कटेजद्धारा लक डाउन अवधिभर कर्मचारीको तलबमा वृद्धी र भाडा नलिने घोषणा


दाङ्ग, दाङको तुलसीपुर उप–महानगरपलिका १३ पुलचोकमा रहेको द रिभर फिस फेम्लि कटेजले लक डाउन अबधिवर विदामा रहेका आफ्ना कर्मचारीको तलबमा वुद्धी गर्ने भाडामा वस्नेलाई भाडा नलिने घोषणा गरेको छ ।

कटेजका सञ्चालक नर्मदा वस्नेतले आज एक विज्ञप्ती जारी गरी कोरोना भाइरसले विश्व आतंकीत भैरहेको वेला नेपाल सरकारले गरेको निर्णयलाई पालना गर्दै कजेट वन्द गरि कर्मचारी लाई छुट्टी दिएको जानकारी दिएकी छन् ।

विज्ञप्तीमा कर्मचारी विदामा भए पनि तलव वृद्धी गर्ने जानकारी दिएको छ । “यो अवस्था कर्मचारीले घरकै खानुपर्ने भएका कारण तलबमा वृद्धी गरेका हौं ।” विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कर्मचारीलाई लक डाउन अवधीभर तलब बृद्धीका साथ विदा दिएसंगैं कटेजमा वार्षीक भाडमा वस्नेलाई सो अवधीभर भाडा नलिने कटेजका व्यवस्थापक देविराम कुसारीले बताए ।

लक डाउन अवधिभर कटेज बन्द रहे पनि कोरोना सचेतना अभियान र स्वास्थ्य व्यवस्थापनमा रहेका कर्मचारी तथा स्वास्थ्यकर्मीलाई विशेष सावधानीका साथ आपत्त कालिन खानाको व्यवस्था भने गर्न सकिने कटेजले जानएको छ ।