विक र क्षेत्री बिचको प्रेम सम्बन्धको यसरी भयो अन्त्य (भिडियो सहित हेर्नुहोस )


दाङ / अछाम जिल्ला ,रामारोशन गाउपालिका वडा न.२ बिर्सैइनमा एक जातीय विभेदका कारण एक दर्दनाक घटना घटेको छ। जुन घटना मा एक दलित प्रेमी र क्षेत्रि प्रेमिकामा माया बस्छ। सानै उमेरमा माया बसे पछि उनीहरु बेला बेला भेटघाट  हुदो रहेछ।

उनीहरुको  ३ बर्षको माया यति चोखो थियो कि एक बिना अर्को बाच्न नसक्ने अवस्था मा पुग्छन। समाजमा कसैको  डर नमानी उनीहरु आफ्नो माया सफल गर्छौ  भनि लागि परेका यो प्रेमी जोडीहरुले माया सफल पार्न सकेनन।

कहिले बारी ,कहिले जंगल ,कहिले कसैले नदेख्ने ठाउ मा लुकिछिपी भेटघाट  हुने यो जोडी ले एक दिन घरमै भेट्ने निर्णय लिन्छन। जब प्रेमिकाले प्रेमी लाई आफ्नो घर बोलाउछिन  र कुरा गर्ने क्रममा  घरमा थाहा पाए पछि घरका र छिमेकि केहि व्यक्तिहरु आइ प्रेमी भनिएका   प्रकाश बिक लाई मरनासन्य गरि लखेटी लखेटी कुट्छन।

कुट्ने मात्र कहाँ होर बासको लट्ठी ले शरीर भरि डाम भएको र हसियाले  कपाल काटेको र टाउकोमा गोबेको भनी प्रेमी प्रकाशले भनेका छन।टाउको भरि चोट र शरीर भरि चोट भएको कारण  मलाई हिड्न गार्हो भएको छ।

यो सब कुरा प्रेमिका केशरीले थाहा पाए पछि उनलाई अब हाम्रो माया सफल हुन  दिदैनन भन्ने लगेर उनले आत्महत्या गर्ने निर्णयले यो संसार छाडीन। प्रकाश भन्छन हामीहरु लाई यो समाजले बुजेंन ,बजेको भए आज मेरी प्रेमिका ले यो संसार छाड्ने थिइनन्। अब हामी बिहे गर्ने भनेर मैले केहि पैसा जम्मा गरेको थिए। तर  हामीहरुलाई  यो समाजले नबुजेको  कारण मेरी प्रेमिकाले संसार छाडिन।

पुरा भिडियो हेर्नुहोस