दाङ- अहिलेको यो जमानामा माया जो कोहिले पनि लगाउछन। यसै बीच सोनु र आइतराज पनि प्रेममा पर्छन। प्रेममा परेको धेरै लामो समयको अन्तराल पछि सोनु र आइतराज को माया बिहे सम्म परिणत हुन्छ। हासी खुसी सबै को सल्लाहको साथ उनीहरु बिहे गर्छन। केहि समय सम्म त हासी खुसि दिनहरु कटाएका थिय। र बिहे भएको केहि महिना पछि आइतराज सिंगापुरे लाहुरे भएको कारण सिंगापुर जान्छन।
आइतराज सिंगापुर गएको केहि दिन सम्म त राम्रो संग बोलचाल,म्यासेज हुन्छ र त्यस पछिका दिन हरुमा आइतराजले सोनु प्रति धेरै नकारात्मक सोच राखी धेरै शंखा उप्शंखा गर्न थाल्छन। आइतराज ले सोनुको पुर्ब प्रेमीलाई खोजि खोजि सोनुको बारेमा कस्तो केटि हो के-के गर्थ्यो बानी कस्तो थियो भनी धेरै कुरा भन्न लगाऊछन। सोनुको पूर्व प्रेमी भने बितेको कुरा किन गर्छौ अब यी कुरा गरेर केहि हुदैन उसको बिहे भैसक्यो राम्रो गर भन्ने जस्ता कुरा पुर्ब प्रेमी ले गर्छन।
आइतराजको मन मा भने सोनु प्रतिको कुविचारले गर्दा सोनु नराम्रो केटि रहेछ यसले धेरै लाइ धोका दिएको रहेछ मलाई पनि यसले धोका दिन्छ भन्ने कुरा बताएका थिए। र सोनुको पुर्ब प्रेमी संग धेरै कुरा गरिसके पछि अब मेरो लागि एउटा काम गरिदिनु पर्यो भनि आइतराजले भन्छन ,र पुर्ब प्रेमीले कस्तो काम भन्दा आइतराजले अब सोनु के गर्छे ,का जान्छे यो सब हेरेर यसको सबै बानि व्यवहार मलाई भनिदिनु पर्छ। यो सब कुराको जानकारी गराए बाफत मैले केहि आर्थिक सपोर्ट गर्छु भनि म्यासेज मा कुरा गरेको देखिन्छ।
भिडियो सहित हेर्नुहोस