घरेलु आगलागी नियन्त्रण सम्बन्धि प्रयोगात्मक प्रदर्शन ।


सुनिल श्रेष्ठ बिरगंज , माघ २३ गते शुक्रबार । बिरगंज वडा न.१० आदर्शनगर स्थित पुरानो बसपार्कमा घरेलुु आगलागी नियन्त्रण कसरी गर्ने भन्ने सम्बन्धमा सार्वजनिक प्रदर्शन गरेको थियो । २ न. प्रदेश बिपद व्यवस्थापन गुल्म पर्सा बिरगंज र ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरको सन्युक्त आयोजनामा घरेलुु आगलागी भएमा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारे सर्वसाधारणलाई जानकारी गराईएको थियो ।

खाना बनाउने ग्यास सिलिन्डरमा अचानक आगो लागेमा , शरीरमा आगो लागेको खन्डमा , खाना बनाउने क्रममा डेक्चीमा आगो लागेमा यसलाई कसरी सजिलै नियन्त्रण गर्ने भन्ने बारेमा प्रयोगात्मक ( डेमो) गरेर देखाईएको थियो भने सर्वसाधारणले पनि सो कार्यक्रममा प्रयोगात्मक ( डेमो) गरि सजिलै आगोलाई नियन्त्रण गरेका थिए ।त्यसैगरि फायर बलले पनि आगो लागेमा यसले तत्काल केही राहत दिने , आगो नियन्त्रणमा मद्दत पुग्ने र घरवालालाई समयमा नै सचेत गराउने कार्य गर्ने प्रहरी निरीक्षक सरोज प्रजापतिले बताउनु भयो।

ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानको अध्यक्षतामा र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुवरको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्की , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरी , श्रीपुर वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक साह , सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष ग्यासुदिन ठकुराई , नेपाल पत्रकार महासघ पर्साका सचिव युवराज खड्का , व्यवस्थित बिरगंज अभियानका संयोजक दिलिप राज कार्की , सामुदायिक सेवाका , कोषाध्यक्ष ज्योति रुङ्ग्टा , सचिव मुर्ली जलान , सहसचिव कबिता खेतान, सन्जय शर्मा , कैलाश बजाज , रतन टेमानी , प्रहरी चौकी आदर्शनगरका प्र. स.नि. बिनोद कुमार पटेल , २ न. बिपद व्यवस्थापन गुल्मका प्र. स. नि. किशोर ठाकुर , सन्चारकर्मी , स्थानिय र होटेलका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । घरेलुु आगलागी नियन्त्रण सम्बन्धमा २ न. प्रदेश बिपद व्यवस्थापन गुल्म पर्सा बिरगंजका प्रहरी निरीक्षक सरोज प्रजापतिले प्रयोगात्मक विधि बारे जानकारी दिनु भएको थियो भने कार्यक्रम सन्चालन सामुदायिक सेवा केन्द्रका सदस्य मुकेश खेतानले गर्नु भएको थियो ।