नेहा चौधरीको घरमा पुग्दा। थला परेकी नेहाले सबै वास्तविकता खोलिन् 


मेरो बिहे भएको ८ महीना भयो मैले डाक्टर संग बिहे गरेको हो । हाम्रो विहे पहिला प्रेम र सामाजिक परम्परा द्वारा भएको थियो। मेरो घर औराही महोत्तरीमा हो र मेरो ससुरली रामगोपालपुर महोत्तरीमा हो । विवाह भएको केही दिन मात्र बितेको थियो मलाई मेरो श्रीमान र सासु र नन्दहरुले घरमा गाली र अभद्र व्यवहार गर्न थाले । म दुःख सुख गरी बसिरहेको थिए । मेरो श्रीमान काठमाडौं बस्नु हुन्छ, ग्रांडी हस्पिटलमा काम गर्नु हुन्छ । मलाई नि आफू संग राख्नुस भने वितिकै मलाई कुटपिट गर्नु हुन्थ्यो पटकपटक तेहि गर्ने गर्नु हुन्थ्यो ।

म सहन नसकेर महिला थाना मा गए मलाई गंभीर हुने गरी पिटनु भएर मेरो आमा लाई आफनो छोरी लईजाऊ भनी खबर मेरो ससुराबा ले गर्नु भयो । म ३ दिन अस्पताल मा भर्ना भई जॉच गराए । थानामा मेरो श्रीमान ४ दिन पछी उपस्थित हनु भयो, उपस्थित हुनू साथ म राख्दिन घर छिर्न दिन्न भन्नू भयो । मलाई उहाँकोको सम्पत्ति वा अंश चाहिएको होइन । म बिहेे गरेको संगै बस्नको लागि हो । वहाहरु मलाई बेलाबेला कुटपीट नगरोस भनेर म महिला थानामा गए । अब मैले न्याय कसरी पाउने म घरबाट निस्किन नि गर्हो भैरको छ । तेरो अनुहार बिगारिदिन्छ भनी धम्की दिनू भएको छ ।

उनको जिद्दीको कारण वहा थानामा नि २ दिन बस्नु भयो फेरि नि राख्दिन भनेर निस्किनु भयो । मैले मेरो जाइरी घरेलू हिंसाको मुद्दाको दर्ता गराए । तेहि दिन ४ गते उनले डिभोर्स मुदा दिनू भयो । मलाई घर छीर्न दिनू भएन । मलाई अंश दिनू पर्छ बिछोड़ हुदा भनेर वहा ले आफ्नो सम्पूर्ण सम्पत्ति घर सहित छोरीहरु लाई बकस गरीदिनु भयो । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।