पुष्पाको आ’त्मह”त्या प्रकरण: यस्तो छ सुधनको बयान


काठमाडौंको धुम्बाराहीमा आगो लागेर ज्यान गुमाएकी पुष्पा न्यौपानेका प्रेमी सुधन संग्रौलालाई पुर्पक्षको लागि थुनामा पठाइएको छ। इन्गेजमेन्ट तोडेपछि काठमाडौं महानगरपालिका-१० बुद्धनगरकी २७ वर्षीया न्यौपानेले धुम्बाराहीस्थित सुधनको घर अगाडि पुगेर पेट्रोल छर्केर आगो लगाएकी थिइन्। गत मंसिर १८ गते आगोले ज”लेर ग”म्भीर घा”इते भएकी उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मृ”त्यु भएको थियो।

उनको मृ”त्यु भएपछि प्रह”रीले सुधनलाई पक्राउ गरी आत्मह”त्या दुरू”त्साहनको मुद्दा चलाएको थियो। काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको जिल्ला प्र”हरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीका अनुसार उनलाई गत बिहीबार नै पुर्पक्षका लागि केन्‍द्रीय कारागार जगन्नागथदेवलमा पठाएको छ। यस घ’टनामा मृतक परिवारले सुरूमा सुधनसहित उनको परिवारका चार जनाविरूद्ध मु”द्दा हालेका थिए। तर अदालतले सुधनमाथि मात्रै अनुसन्धान गर्न म्याद थप गरेको थियो।

प्र”हरीले अनुसन्धान गरी पुस ९ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो। त्यसपछि पुस १३ गते बुधबार मुद्दा दर्ता भएकोमा बिहीबार थुनामा पठाएको हो। सुधनसँग पुष्पाको गत भदौमा इन्गेजमेन्ट भएको थियो। पुष्पा दरबारमार्गस्थित केल्मी नेपालको शोरूममा काम गर्थिन्। उनीसँग इन्गेजमेन्ट गर्ने सुधनको न्युरोडमा पसल छ। कोरोना महामारीअघि उनी चीनमा बस्थे। दरबारमार्गमा रहेको केल्मी नेपालको शो रूममा जाँदा पुष्पासँग उनको चिनजान भएको थियो।

पुष्पाको फेसबुक विवरण मागेर उनले चिनजान अघि बढाएका थिए। त्यसपछि उनीहरूबीच प्रेम भएको थियो। उनीहरूले विवाहसम्म गर्ने निधो गरिसकेका थिए। त्यसैका लागि उनीहरूले इन्गेजमेन्ट समेत गरे। तर उनीहरूको सम्बन्धमा दरार आएको पनि प्रहरीको अनुसन्धानबाट देखिएको छ। प्रहरीलाई सुधनले दिएको बयानका अनुसार उनीहरूले विवाह नै गर्ने कुरा भए पनि पछि सहमतिमै बिच्छेद भएको बताएका छन्। पुष्पाले यसअघिको अफयरमा शारीरिक सम्बन्धमा समेत बसेका कारण छुट्टिन सक्ने कुरा समेत गरेको बयान दिएका छन्।

‘मृ”तकले मलाई जरूरी कुरा गर्नुछ भनेर एकदिन भेट्न बोलाइन्। त्यसदिन यसअघिको सम्बन्धमा शारीरिक सम्बन्ध रहेको कुरा गरिन्। त्यसपछि मैले घरपरिवारमा सुनाएँ। मृ”तकले पनि सम्बन्ध कायम नराख्ने भए नराखौं मलाई आपत्ति पनि छैन भन्ने कुरा गरिन्। त्यसरी विवाह नगर्ने भनेर कुरा गरेको पनि देखियो,’ उनको बयान उदृत गर्दै स्रोतले भन्यो। आफूले उनलाई आत्मह”त्या गर्न दुरू”त्साहन वा उक्साउने काम पनि नगरेको सुधनले दाबी गरेका छन्। यद्यपि त्यसदिन त्यसरी किन आत्महत्या गर्न आएको हो भन्ने कुरा आफूलाई जानकारी पनि नभएको उनले बयान दिएका छन्।

‘अलगअलग हुने कुरा भए पनि मैले दुरूत्साहन वा उक्साएर उनले आत्महत्या गरेकी होइनन्। के कारणले मेरो घर अगाडि आएर जलिन् थाहा छैन। मैले मार्न खोजेको पनि होइन,’ सुधनले भनेका छन्। प्र”हरीले प्रमाणको रूपमा मेसेन्जरका च्याटको स्क्रिनसटहरू पनि पेश गरेको छ। जसमा पनि उनीहरूबीच छुट्टिने कुरा भएको देखिएको सरकारी वकिल कार्यालय स्रोतले बतायो। घटना भएको दिन पुष्पालाई केटाको परिवारले सामान लिन बोलाएको आफन्तको भनाइ थियो।

प्र”हरीले यसमा दुई जना पठाओ ड्राइभरसँग पनि बयान लिएको छ। बुद्धनगर बस्ने उनी सुरूमा त्यहाँबाट धुम्बाराहीसम्म पुगेकी थिइन्। त्यहाँको पेट्रोल पम्पमा पुगेर उनले एक जर्किन पेट्रोल किनेको बयान ती पठाओ राइडरले दिएका छन्। त्यसपछि त्यहाँबाट अर्को पठाओ राइडर बोलाएर सुधनको घर अगाडिसम्म गएको अर्का राइडरले बयान दिएका छन‍्।सुधनको घर अगाडि जलेको थाहा पाएपछि सुधनका बुवाले पुष्पाका बुवा र काकालाई फोन गरी जलेको जानकारी गराएका थिए।

पछि प्रहरी आएर उनको उद्धार गरी त्रिवि शिक्षण अस्पताल पुर्‍याएको थियो। त्यहाँबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको थियो। त्यहाँ उपचारको क्रममा सोमबार बिहान सवा ९ बजे उनको मृत्यु भएको हो। यसबारे अदालतले निर्णय गर्न बाँकी नै छ।

यस्तै-अर्घाखाँचीको शितगंगा नगरपालिका-१० बहखोरकी राधा थापा सधैं जस्तै आइतबार बिहान पनि दूध लिन गइन्। बिहानै उठेर नजिकैको डुम्रीपाटा गाउँमा दूध लिन जाने उनको दैनिकी थियो। बहखोरमा सानो होटल व्यवसाय गर्दै आएकी थापाले होटलमा आएका पाहुना तथा ग्राहकलाई चिया खुवाउन भनेर दूध लिन गएकी थापा बिहान ९ बजेसम्म पसल आइपुगिनन्। दूध लिएर नआएपछि किन ढिला भयो भनेर आफन्तले फोन गरे। दूध लिन जाने स्थानमा नगएको भन्ने थाहा पाएपछि स्थानीय र आफन्तले खोजी गर्न थाले।

खोजी गर्दै जादा नजिकैको खोल्सीमा थापा मृ’त भेटिइन्। स्थानीयले तुरुन्तै प्रहरीलाई खबर गरे। प्रहरी आएर घ’टना हेर्दा ह’त्या भएको हुन सक्ने आशंका गरेपछि प्र’हरी र स्थानीयले ह”त्याराको खोजी गर्न थाले। खोजी गर्दै जाँदा थापालाई हत्या गरी भागेका भारतीय नागरिक २३ वर्षीय सुसान्त सिंहलाई प्रहरीले प’क्राउ गर्‍यो। हत्या गरेर थापाले लगाएका गरगहना लुटेर भाग्दै गरेका भारतीय नागरिक सिंहलाई शितगंगा नगरपालिका-११ को मुन्द्रीबासको जंगलबाट प्रहरीले प”क्राउ गर्न सफल भएको हो।

सिंहले थापाको शरीरबाट कानमा लगाउने मडहरी, सिक्री लगायतका सुनका गरगहना लुटेर लगेको स्थानीय माधव पौडेलले बताए। पक्राउ परेका सिंहले खोल्सीमा लुकेर बसी हसिया र ढुंगाले हानेर ह”त्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन्। उनलाई जिल्ला अदालत अर्घाखाँचीबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्र”हरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले बताए।