झापा बिर्तामोड– १ अतिथि सदन रोड घर भएका ३९ वर्षीय निराकार पाण्डे थाइल्यान्डको सीमा नजिक कम्बोडियाको पोइपोटस्थितग्रान्ड डायमन्ड सिटी होटलबाट उक्त भिडियो सन्देश पठाएका थिए छोराको लागि। यो सन्देश नै उनको परिवारका लागि अन्तिम सन्देशबन्न पुग्यो। उनी बसेको होटल र त्यहाँ रहेको क्यासिनोमा आ’गलागी हुँदा उनी १२औं तलामा फसेका थिए।
उद्धार नभएपछि र कुनै उपाय नभएपछि कोठाको झ्यालमा बसेर भिडियो सन्देश पठाएर उनी त्यहाँबाट बच्न सकिन्छ कि भनेर हा’ म्फालेको बताइएको छ।
त्यसै क्रममा उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। विपिन बास बसेको ग्रान्डडायमन्ड सिटी होटलमा बुधबार राति अचानक चारैतिरबाट आगोले घेरेपछि उनी हा’ म्फालेका थिए। पर्यटक भिसामा कम्बोडिया पुगेका उनले त्यतिबेला सो देशको वातावरण राम्रो रहेको भन्दै आफूलाई लोभ्याएको निकटस्थलाई बताएकाथिए । भिसा अवधि एक महिनामात्रै भएकाले उनी त्यतिबेला बसाइ छोट्याउँदै नेपाल फर्किए । तिहारपछि फेरि उनी दोस्रो पटकथाइल्याण्ड हुँदै कम्बोडिया पुगे ।
तर, बिडम्बना दोस्रो पटकको उनको कम्बोडिया यात्रा हृदयवि’दारक घ”टनाको रुपमा टुंगिएको छ । बिहीबार राति कम्बोडियोकोक्यासिनोमा उनी एक साथी सँगै पुगेका थिए । थाइल्याण्डको सीमा नजिकै पर्ने पोइपेट सहरस्थित ग्राण्ड डायमण्ड सिटी होटल रक्यासिनोमा भएको भीषण आ’गलागीका क्रममा उनको दुःखद नि’धन भएको हो ।
यस्तै-सर्वोच्च अदालतले नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनासम्बन्धी विवादको सुनुवाइ संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज संवैधानिक व्याख्याको प्रश्न देखिएको उल्लेख गर्दै संवैधानिक इजलासमा सुनुवाइ गर्न आदेश दिएको हो ।सरकारको अन्तरिम आदेश खारेजीसम्बन्धी भ्याकेटको निवेदनमा सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउने निर्णय गरेको हो ।
सरकारले माथिल्लो कर्णाली आयोजना वित्तीय व्यवस्थापनका लागि भारतीय कम्पनी गान्धी मल्लिकार्जुन रावलाई दुई वर्ष समय थप गरेको थियो । उक्त निर्णयलाई चुनौती दिँदै स्थानीय बासिन्दाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश जारी गरेको थियो । अदालतको अन्तरिम आदेशले खारेजीको माग गर्दै भ्याकेटको निवेदन दिएको थियो ।