अस्ट्रेलियामा दुई हेलिकोप्टर जुद्धा ४ जनाको मृ”त्यु


अस्ट्रेलियाको क्विन्सल्यान्डस्थित गोल्ड कोस्टमा दुई हेलिकोप्टर जुद्धा ४ जनाको मृ”त्यु भएको छ । गोल्ड कोस्टबाट उडेको र त्यहाँ अवतरण गर्न लागेका दुई हेलिकोप्टर आपसमा ठो”किँदा ४ जनाको मृ”त्यु भएको हो । उक्त दु”र्घटनामा परी दुई बालबालिकासहित ३ जना ग”म्भीर घा”इते भएका छन् । दु”र्घटनाको कारण भने अझैसम्म पुष्टि भइसकेको छैन । अधिकारीहरूका अनुसार एक हेलिकोप्टर स्यान्डबारबाट उडेको २० सेकेन्डमा अवतरण गर्न लागेको अर्को हेलीसँग ठ”क्कर खाएको थियो ।

दु”र्घटनामा परी दुई जना बेलायती नागरिक र दुई जना अस्ट्रेलियाली नागरिकको मृ”त्यु भएको हो । दुई अस्ट्रेलियाली नागरिकमध्ये एक जना हेलिकोप्टरको पाइलट रहेका छन् । मृतक तथा ग’म्भीर घा”इतेहरू सबै उड्न लागेको हेलीमा सवार रहेकाहरू हुन् । अवतरण गर्न लागेको हेलीको ककपिटमा उड्न लागेको हेलीको मुख्य रोटर ब्लेडले ठ”क्कर दिएको थियो । अवतरणको तयारीमा रहेको हेलीको ककपिटमा ठ”क्कर लागे पनि उक्त हेलीलाई सकुशल अवतरण गरिएको थियो ।

त्यसमा सवार ६ जनामध्ये ५ जना सामान्य घा’इते भएका छन् । दुवै हेलिकोप्टर क्विन्सल्यान्डस्थित गोल्ड कोस्टमा रहेको चर्चित थिम पार्क सिवर्ल्डबाट पर्यटक बोकेर उडेका थिए । यो पनि-कर्णाली प्रदेशका अधिकांश पालिकाले कर्मचारी अभावको समस्या झेलिरहेको बेला प्रदेश राजधानीस्थित वीरेन्द्रनगर नगरपालिकामा भने दरबन्दीभन्दा झन्डै साढे ५ गुणा बढी कर्मचारी कार्यरत छन् । कर्णालीका ७९ मध्ये २६ पालिका निमित्तको भरमा छन् । प्रदेशको राजधानी भएकाले सबै कर्मचारीको रोजाइमा पर्दा नगरपालिकाले दरबन्दीभन्दा साढे ५ गुणा बढी कर्मचारीलाई हाजिर गराइरहेको छ ।

नगरपालिकामा स्वीकृत दरबन्दी भने ६४ जनाको मात्र हो । २०७४ मा संघीय व्यवस्था तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकामा ६४ कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो । नगरपालिकामा अहिले स्थायी र करार गरी ३ सय ५५ कर्मचारी छन् । जसमा स्थायी १ सय ९७ र करारमा १ सय २३ जना छन् । कर्मचारीमध्ये प्राविधिकतर्फका १ सय २६ स्थायी र ५४ जना करारका कर्मचारी छन् । अप्राविधिकतर्फ भने ७१ जना स्थायी र ६९ जना करारका कर्मचारी राखिएको छ ।

नगरपालिकामा सबैभन्दा बढी ५१ कर्मचारी स्वास्थ्य शाखामा कार्यरत । श्रेणीविहीन कर्मचारीको संख्या १५ छ । नगरपालिकाले धमाधम कर्मचारीलाई स्वीकृति दिँदा कर्मचारीको चाप बढेको हो । धेरै कर्मचारीहरू हुँदा नगरपालिकालाई व्यवस्थापन गर्न समस्या भएको छ । ‘धेरै कर्मचारी भएर काममा असहज भएको छ,’ एक कर्मचारीले भने, ‘पालिकामा कसले के गर्ने भन्ने नै टुंगो छैन ।’ प्रदेशको राजधानी भएकोले कर्मचारीहरू बढी यतै बस्न रुचाउने भएकोले नगरपालिकामा दरबन्दीभन्दा धेरै कर्मचारीहरू भएको प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले बताए । उनका अनुसार विभिन्न सेवासुविधाले गर्दा कर्मचारीहरू सहरकेन्द्रित भएका छन् ।