गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिए । विदेशबाट फर्किने नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याएमा भन्सार शुल्क तिर्नुपर्ने निर्णय गरेको अर्थमन्त्रालयलाई दाहालले सो निर्देशन दिएका थिए । तर यस्तो निर्देशन विमानस्थल भन्सारमा भने कार्यान्वयन नभएको पाइएको छ । सोमबार मात्रै अमेरिकाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका डीएल नेम्वाङले ल्याएको थप एउटा मोबाइल भन्सारले जफत गर्यो ।
‘मसँग एउटा आफूले चलाइरहने पुरानो मोबाइल छँदै थियो, अर्को एउटा नयाँ मोबाइल पनि ल्याएको थिएँ’ उनले भने ‘विमानस्थलमा अवतरणपछि चेकिङका क्रममा मैले ल्याएको नयाँ मोबाइल भन्सारका कर्मचारीले जफत गर्नुभयो । ती कर्मचारीहरुलाई प्रधानमन्त्री दाहालको शुक्रबारको निर्देशनबारे आफूले जानकारी गराए पनि नमानेको उनले बताए । उनले भने ‘प्रधानमन्त्रीले नै दुईटा मोबाइलसम्म ल्याउनेलाई जफत नगर्नु भन्ने सुनेर ल्याएको थिएँ, तर भन्सारका कर्मचारीले हामीले नियम मान्नुपर्छ, भनेर उल्टै मेरो मोबाइल दिन नसक्ने भन्दै जफत गरी चिट काटिदिनुभयो ।
तोकिएको भन्सार शुल्क तिर्नुस्, अनि तपाईको मोबाइल लैजानुस् भनेर भन्सारका कर्मचारीले कागजको टुक्रा थमाएको उनले गुनासो गरे । मजस्ता विदेशबाट फर्कने धेरैले विमानस्थलमा यस्तै सास्ती भोग्नुपरेको होला । मैले आफूले नै प्रयोग गर्नका लागि थप एउटा मोबाइल मात्रै ल्याएको थिएँ, यहाँभन्दा केही सस्तो हुने भएकाले त्यो फोन किनेर ल्याएको हो’ नेम्वाङले भने ‘तर भन्सार नै तिर्नुपरेपछि मोबाइलको मूल्य त बजारमैजस्तो हुने भयो ।
मजस्तै विदेशबाट आउँदा मोबाइल ल्याउनेले अब प्रधानमन्त्रीको कुरालाई कसरी विश्वास गर्नु ? यो पनि-उपत्यकामा रहेका यातायात कार्यालयहरूबाट बिचौलियासहित १५ जना पक्राउ परेका छन्। यातायात कार्यालयहरूमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने १३ जना विचौलिया र नक्कली परिक्षार्थी दुई गरी १५ जना सोमबार पक्राउ परेका हुन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।
यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुर, ठुलोभर्याङ, चाबहिलबाट १३ जनालाई र भक्तपुरस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) राधे राधे, भक्तपुरमा अर्कैको नाममा मेडिकल परीक्षा दिन आएका तथा परीक्षा दिन पठाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।