कम्बोडियाको ग्रान्ड डायमन्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परी मृ”त्यु भएका झापाका निराकर पाण्डेको शव ल्याउनका लागि सरकारले नै खर्च व्यहोर्ने भएको छ। पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। यसअघि बिहीबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालले निराकरको परिवारलाई शव जति सक्दो चाँडो नेपाल ल्याउन पहल गर्ने बताएका थिए। गत पुस १६ गते निराकरको कम्बोडियामा आगलागीका कारण मृ”त्यु भएको थियो।
यो पनि-उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ। राजदूत थम्पसन शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री श्रेष्ठलाई बधाई दिन पुगेका थिए। राजदूत थम्पसन तीन महिना पहिले मात्रै काठमाडौँस्थित दूतावासमा जिम्मेवारी सम्हालेका हुन्। राजदूत थम्पसनले नेपाल र अमेरिकाबीच पुरानो र मजबुत सम्बन्ध रहेको र आगामी दिनमा सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे।
यो पनि-अत्यधिक मा’दक पदार्थ सेवन (मापसे) गरेर ढलेको अवस्थामा मोरङको बूढीगंगा गाउँपालिका–१ मा भेटिएका १ जना पुरुषको शुक्रबार बिहान मृ”त्यु भएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–२ का ५५ वर्षीय बाबुराम घिमिरे बूढीगंगा–१ स्थित पब्लिक बोर्डिङ स्कुलनजिक गत बुधबार राति ८ बजेतिर बेवारिसे अवस्थामा भेटिएका थिए। उनको तत्काल पहिचान खुलेको थिएन। इलाका प्र’हरी कार्यालय नेमुवाका प्र’हरी वरिष्ठ नायव उपरीक्षक मुना डाँगी नेतृत्वको टोलीले उद्धार गरेर उपचारका लागि विराट शिक्षण अस्पताल पठाएको थियो।
विराटले थप उपचारका लागि बिहीबार विराटनगरस्थित कोसी अस्पताल रेफर गुर्यो। कोसी अस्पतालमा उपचारकै क्रममा शुक्रबार बिहान ७ बजेतिर घिमिरेको मृ’त्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार मापसे गरेर ढलिरहेको अवस्थामा उ’द्धार गरेर प्रहरीले उपचारका लागि पठाएको हो। आफन्त सम्पर्कमा आएपछि मृतकको पहिचान खुलेको हो। पो’स्टमार्टम गरेर श’व आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको श्रेष्ठले बताए। अत्यधिक मापसे गरेका कारण घिमिरेको मृ’त्यु भएको हुनसक्ने बताउँदै उनले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए।