बुटवल उपमहानगरपालिका-१३ बेलबासमा एक परिवारमाथि अज्ञात समूहले आ”क्रमण गर्दा एक जनाको ज्या”न गएको छ। बेलबास झोलुंगेपुल निवासी ५५ वर्षीय यमप्रसाद नेपालको परिवारमाथि आ”क्रमण भएको हो। आ”क्रमणमा परी नेपालको मृ”त्यु भएको प्रहरी स्रोतले जनाएको छ। उनका दुई छोराहरू दिवस र दिपेश नेपाल घा”इते भएका छन्। उनीहरूमाथि कस्ले किन आ”क्रमण गर्यो भन्ने खुलेको छैन।
प्रहरी घट’नास्थलमा पुगेको छ। यो पनि-काभ्रेको बनेपा नगरपालिका-६ मा घर बनाउन प्रयोग गरिने फलामका टेका चो’री गर्ने पाँच जना प’क्राउ परेका छन्। विभिन्न समयमा घर बनाउने ठाउँहरूमा फलामका टेकाहरू चोरी गरी लुकाएको अवस्थामा फलामको टेकासहित पाँच जनालाई प’क्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशीले बताए। फलामको टेका चोरी भएको निवेदन परेसँगै जिल्ला प्रह’रीले अनुसन्धान गरेर २६० थानसहित प’क्राउ गरिएको एसपी जोशीले जानकारी दिए।