पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ खुर्सानेमा बिहीबार राति भएको दु”र्घटनामा ६ जनाको ज्यान गयो भने १६ जना घा”इतेको अहिले बुटवलका दुई अस्पतालमा उपचार भइरहेको छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र एडमण्ड अस्पतालमा घा’इतेहरुको उपचार भइरहेको हो । एडमण्ड अस्पतालमा १२ जना घा’इतेको उपचार भइरहेको छ भने लुम्बिनी प्रादेशिक अस्पतालमा ४ जनाको उपचार भइरहेको छ । एडमण्ड अस्पतालका सूचना अधिकारी मुक्ति काफ्लेका अनुसार दुईजनाको स्वास्थ्य अवस्था नाजुक छ ।
ती दुई घा’इतेको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको काफ्लेले बताए । अस्पतालमा उपचार गराइरहेका घाइतेहरुले चालकले अध्यधिक मदिरा सेवन गरेर गाडी हाँकेको बताएका छन् । रुपन्देहीको साझण्डीबाट पाल्पाको खुर्साने हिँडेको ग १ ख ४९७७ नम्बरको बस खुर्साने पुग्नलाग्दा मधुवनको टारीखेत नजिकै राति साढे ९ बजे दु”र्घटनामा परेको थियो ।टारीखेतको नास्ता पसलमा गाडी रोकेर चालक चेतबहादुर दर्जीले मदिरा सेवन गरेकाले दुर्घटना भएको घा”इतेहरुले बताएका छन् ।
बसका मालिक रामबहादुर बस्नेत र चालक दर्जीले धेरै म”दिरा पिएको आफूले देखेको घाइते यमकला पाण्डेले बताइन् । पहिलो पटक गाडी सडकको कुनामा ठोकिँदा आफूहरु आत्तिएर झर्न खोजेको तर गाडीधनी बस्नेतले झर्न नदिएको पाण्डेले बताइन् । एडमण्ड अस्पतालमा उपचाररत पाण्डेले भनिन्, ‘ड्राईभर र साहु अनि अर्को एकजनाले रक्सी धेरै खाएका थिए । रक्सी खाएर गाडी चलाउने बित्तिकै गाडी बाटोको कुनामा ठो”कियो । त्यसपछि हामी डराएर झर्छौं, हिँडेर जान्छौंँ भनेका थियौं । तर गाडीसाहुले मरे सबै मरौंला बाँचे सबै बाँचलौं भनेर झर्न दिएनन् । केहीबेरपछि अलि पर लगेर ड्राइभरले भिरबाट फाल्यो ।’
यो पनि- नेपाल टी ट्वान्टी क्रिकेट लिगमा आजदेखि प्लेअफको खेल सुरु हुँदैछ । प्लेअफको पहिलो दिन आज पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार र जनकपुर रोयल्स खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा मध्यान्न साढे १२ बजेदेखि सुरु हुनेछ । लुम्बिनी अंकतालिकाको शीर्ष र जनकपुर दोस्रो स्थानमा छ । लुम्बिनीले १० खेलमा १६ अंक जोडेको छ भने समान खेल खेलेको जनकपुरको १४ अंक छ ।
यो खेलको विजेता सिधै फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले सोमबार हुने इलिमेटर खेलको विजेतासँग फाइनलमा पुग्न खेल्नेछ । सोमबार विराटनगर र काठमाडौंबीच एलिमिनेटर हुनेछ ।मंगलबार दोस्रो क्वालिफायर्स र फाइनल खेल बुधबार हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने छ भने उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले पाँच लाख पाउने छ । पहिलो संस्करणको लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार गरी ६ टिमको सहभागीता रहेका छन् ।