कपिलवस्तुको बाणगङ्गा नगरपालिकाकी २५ वर्षीया सुस्मिता केसीको ह”त्या भएको करिब साढे २ वर्षपछि अभियुक्तहरू दोषी ठहर भएका छन् । चार दिनको बहसपछि पुस २१ गते बिहीबार मकवानपुर जिल्ला अदालतले पाँचै जना अभियुक्तलाई दोषी ठहर गरेको हो । अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजालसले मृ’तक सुस्मिताको सासु, ससुरा, २ जना नन्द र जेठी नन्दकी श्रीमानलाई दोषी क’रार गरेको हो ।
अदालतले सुस्मिताका ससुरा प्रकाश थापा, सासु तुलसा थापा, कान्छी नन्द सीता थापा, जेठी नन्द दुर्गा थापा, उनका श्रीमान् अरुण कार्कीलाई ह”त्याको कसुरदार ठहर गरेको हो । जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायाधिवक्ता मुकुन्दहरि पौडेल, जिल्ला सहायक न्यायाधिवक्ता राजेन्द्रमणि पौडेल, अधिवक्ताहरू राजेन्द्र शर्मा, मदनकुमार दाहाल, मनप्रसाद भट्टराई, अप्सरा बस्नेतर बालकृष्ण अधिकारीले बहस गरेका थिए भने प्रतिवादीतर्फका आधा दर्जन अधिवक्ताले बहस गरेका थिए ।
मुख्य अभियुक्तको रुपमा ससुरा र कान्छी नन्द सीता थापालाई जन्म’कैद सजायको माग गरिएको छ । दुर्गा र अरुण कार्कीलाई आ”पराधिक षडयन्त्र गरेको अभियोगमा जन्मकैदको माग गरिएको छ भने मृ’तक सुस्मिताको सासु तुलसा कुमारी थापालाई मतियारको भूमिका निर्वाह गरेकाले मुख्य अभियुक्तको पाउने सजायको आधा सजाय माग गरिएको अधिवक्ता अप्सरा बस्नेतले बताइन् ।
यो पनि-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आम नागरिकका अपेक्षा पूरा गर्न आफूहरू सरकारमा गएको बताएका छन्। उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै दुई ठूला दलका शीर्ष नेताहरूले प्रतिबद्धता जनाएपछि काम गर्न आफूहरू सरकारमा गएको उल्लेख गरेका छन्। सरकारमा सहभागी हुने निर्णय गर्दा दुई ठूला दलका शीर्ष नेताका प्रतिबद्धताबाट हामी हौसिएका छौं,’ उनले भने, ‘दवाव र प्रभावमा नपरी काम गर्न प्रतिबद्ध र कटिबद्ध छौं।’
आम नागरिकका अपेक्षा, माया र विश्वासका कारण आफूहरू संसदमा आइपुगेको उनले बताए। काम गर्ने क्रममा कहीँकतै गल्ती भएमा पदमा नबस्ने उनको भनाइ थियो। हामी कहीँकतै चुक्यौं भने पद र कुर्सीको लोभमा झुण्डिने छैनौं,’ उनले भने, ‘यसमा सत्ता साझेदार दलहरू निर्धक्क रहनुहोला।’ उनले जनतासँग गरिएका बाचा पूरा गर्न लाग्ने पनि बताए। संसद र यो सरकारको कार्यकाल सफल हुनेमा आफू विश्वस्त रहेको लामिछानेले बताए।
उनले आफूहरू संसदमा आउनुमा जनताको आशा रहेको बताए। केहीले निराशाको मत मत पाएको भन्ने गरेको उल्लेख गर्दै उनले त्यो मत जनताको आशाको मत भएको बताए। आफ्ना सांसदहरूबाट कुनै पनि किसिमको गल्ती नहुने उनले बताएका थिए। साथै उनले भ्रष्टाचारका फाइल खोलिने पनि बताएका छन्।