श्रीमतीको टाउकोमा चो”ट, श्रीमान् झु”न्डिएको अवस्थामा फेला – भरतपुरको जुगेडीमा दम्पती मृत


भरतपुर महानगरपालिका-२९ जुगेडी लमजुङे टोलमा एक दम्पती मृ”त भेटिएका छन् । मंगलबार बिहान साढे सात बजेतिर प्रहरीलाई खबर प्राप्त भएपछि घ”टनास्थलमा गएर हेर्दा श्रीमान् घरको बेलामा पासो लगाएर झु”न्डिएको अवस्थामा र श्रीमती घरको आँगनको मृ’त भेटिएको चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी नरहरि अधिकारीले बताए । मृ”त्यु हुनेमा भरतपुर-२९ का २२ वर्षका प्रेम राना मगर र उनकी श्रीमती २१ वर्षकी शान्ति भन्ने बुद्धिमाया राना मगर रहेको डीएसपी अधिकारीले जानकारी दिए ।

बुद्धिमायाको टाउकोमा चो”ट देखिएको अधिकारीले बताए । घ”टनाका बारेमा अनुसन्धान सुरू भएको डीएसपी अधिकारीले बताए । उनीहरूका एक जना छोरा पनि रहेका छन् । छोरा आफन्तकोमा गएका बेला घ”टना घटेको बताइएको छ ।

यो पनि-नागरिक जनमुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिने बताएकी छन्। विश्वासको मत प्रस्तावका विषयमा संसदमा बोल्दै श्रेष्ठले राजनीतिक संस्कार अनुसार नै वर्तमान सरकारलाई विश्वासको मत दिने बताइन्। उनले भनिन्, ‘हामीले प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष हस्ताक्षर बुझाएका छौँ। हस्ताक्षर बुझाइ सकेपछि सरकारलाई समर्थन नगरेर झुटको राजनीति गर्न चाहदैनौँ। हामी राजनीतिक संस्कार अनुसार नै प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ।’

श्रेष्ठले प्रधानमन्त्री गरे आफूहरूसँग गरेको वाचा बिर्सिए पनि नागरिक उन्मुक्ति पार्टीले प्रतिवद्धता अनुसार काम गर्ने बताइन्। उनले भनिन्, ‘प्रधानमन्त्री ज्यू, तपाइँले गर्नुभएको वाचा पूरा गर्नुभएको भए आज हामी पनि सत्ता पक्षमा हुन्थ्यौँ। जबसम्म तपाइँहरूले हाम्रा माग पूरा गर्नु हुँदैन हामी प्रतिपक्षमै बस्छौँ।’