दाङका एक युवकको करेन्ट लागेर मृ’त्यु भएको छ । मृ”त्यु हुनेमा राजपुर गाउँपालिका ७ स्याउली निवासी १९ वर्षिय तुलसीराम नेपाली रहेको परिवारले बताएका छन ।मृतकका परिवारका अनुसार मंगलबार साँझ करिब ५ बजेको समयमा बर्दियाको तारातालमा इन्टेरनेटको तार तान्नका लागी विद्युतको पोलमा चढेका नेपालीको करेन्ट लागेर घ”टनास्थलमै ज्यान गएको हो । नेपाली इन्टरनेट सेवा प्रदायक कम्पनि वर्डलिंक कम्पनिमा कार्यरत रहनुभएको थियो ।
नेपालीको श’बलाई पो”ष्टमार्टमका लागि बर्दियाको जिल्ला अस्पताल गुलरियामा राखिएको आफन्त प्रेम नेपालीले जानकारी दिनुभएको छ । यो पनि- झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको ह;;त्या गरेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङको ह”त्या गरेका हुन् ।
गए राति घरायसी विवादमा विश्वराजले श्रीमती प्रमिलालाई पेट र छातीमा लात्ती प्र”हार गरेको र उनको घ’टनास्थलमै मृ”त्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको ह”त्यामा संलग्न भएको अभियोगमा प्र”हरीले विश्वराजलाई राति नै नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिए। भोजपुरको अरुण गाउँपालिका–१ स्थायी घर भएका घिसिङ विगत दुई वर्षदेखि अर्जुनधारामा डेरामा बसेर निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्दै आएको बताइएको छ ।