निसा’स्सिएर पर्सामा दुई जना भारतीय मजदुरको मृ’त्यु


पर्सामा निसास्सिएर दुई जना भारतीय कामदारको मृ”त्यु भएको छ । वीरगन्ज महानगरपालिका– २२ जगनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लायर्सको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मृ”त्यु हुनेमा भारत विहारको मोतीहारी जिल्ला रक्सौल थाना कौवाठेगर– ७ निवासी २९ वर्षीय पवित्र गिरी र भारत निवासी ३० वर्षीय मिथलेश यादव रहेका छन् ।

प्र’हरी नायव उपरीक्षक दिपक गिरीका अनुसार तगारीमा पत्थर कोइला बोलेर झ्यालढोका बन्द गरी कोठामा सुतेका दुबै जनाको अक्सिजनको कमी हुँदा निसा”स्सिएर मृ”त्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उनका अनुसार कोइला डिपोको रेखदेख गर्ने दुबै जना सोही डिपोको एकतले पक्की भवनको अल्मुनियमको झ्यालढोका भएको कोठाभित्र झ्यालढोका बन्द गरी मंगलबार राति सुतेका थिए ।

बुधबार बिहान १० बजेसम्म ढोका खोली कोही पनि बाहिर ननिस्किएपछि डिपोका अन्य कर्मचारीले प्र”हरीलाई खबर गरेका थिए । प्रह”रीले ढोका फोडेर भित्र प्रवेश गर्दा दुबै जनाको मृ”त्यु भइसकेको थियो । प्रहरीले नारायणी अस्पतालबाट चिकित्सक लिई घ’टनास्थलमा अनुसन्धान अधिकृतको टोली पुगी शव जाँच प्रकृति मुचुल्का उठाएको थियो ।

यस्तै-उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रनिर्माण पृथ्वीनारायण शाहबाट भएको भूमिका बारेमा कसैले विवाद गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। तीन सय एकऔँ पृथ्वीजयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) द्वारा आज यहाँ आयोजित चियापान कार्यक्रमा उनले राज्य विस्तारकै क्रममा वस्तुगत तहमा नेपालको भूभागको पुनः एकीकरण उनीमार्फत भएको उल्लेख गरे।

उपप्रधानमन्त्री श्रेष्ठले भने, “पृथ्वीनारायणको योदानलाई सम्मान गर्दै सरकारले आजको दिनलाई बिदा दिने कार्यले ऐतिहासिक महत्त्व स्थापित भएको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पृथ्वीनारायणको योगदानका विषयमा कुनै विवाद नै नरहेको टिप्पणी गरे। उनले भने, “आफूले पहिलेदेखि भन्दै आएको विषय हो, नयाँ मान्यता बोकिएको होइन, राष्ट्रका विभूतिमध्ये उहाँ एक हुनुहुन्छ ।

जसले विदेशीसँग लडेर आफनो भूमि रक्षा गर्यो, आधुनिक नेपाल निर्माणमा भूमिका खेल्यो, त्यसको योगदान बिर्सने कुरै आउन्न, उहाँको शालिक तोडफोड हुँदा त्यस बेला विरोध गर्ने मै हुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्र बनाउन र बचाउन राष्ट्रिय एकताको आवश्यकता रहेको आफूले भन्दै आएकामा अहिले त्यो अभ्यासमा मुलुक रहेको बताए।