उपप्रधानमन्त्री रवि लामिछानेले अवैध रुपमा नेपाल भित्रिने अण्डा, मासु र चल्लाको आयात रोक्न विभिन्न जिल्लाका सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । गृहमन्त्री भएपछि पहिलो पटक चितवन आएका उनले बिहीबार जिल्लामा कुखुरापालनसँग सम्बन्धित व्यवसायीहरुसँग छलफल गरेका थिए । त्यस क्रममा व्यवसायीले भारतबाट भित्रिएका कुखुरा, चल्ला र मासुका कारणस्वदेशी व्यावसायी मर्कामा परेको गुनासो गरेका थिए ।
भारतीय मासु तथा चल्लाहरू निर्वाध भित्रिएको, दानाको कच्चा पदार्थको मूल्यवृद्धि भएको, बैंकको ब्याजदर बढेको र लागत अनुसारको मूल्य पाउन नसकेका कारण साना लगानीका व्यावसायी पलायन भइसकेको र ठूला व्यवसायी पलायनको नजिक पुगेको उनले बताए । लामिछानेले त्यहीँबाट नेपालगञ्ज, सिन्धुली र सर्लाहीका सुरक्षा अधिकारीहरुलाई टेलिफोन गरेर अवैध आयात रोक्न निर्देशन दिएका नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिका पोखरेलले जानकारी दिए ।
गृहमन्त्री लामिछानेले पोल्ट्री क्षेत्रमा परेका समस्याको समाधान गर्न आफूले सक्दो सहयोग गर्ने बताए । नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले कुल राष्ट्रिय आयमा चार प्रतिशतको योगदान गर्ने, हजारौंलाई रोजगारी दिने आत्मनिर्भर व्यवसाय कुखुरापालन धराशायी भएको गुनासो गरे ।
https://youtu.be/_rSGGkJagIE
यो पनि- नेकपा एमाले परित्याग गरेर प्रतिनिधिसभाको स्वतन्त्र उम्मेदवार बनि पराजित भएका घनश्याम भुसाल माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीमा जाने भएका छन् ।भोलि (शुक्रबार) पत्रकार सम्मेलन आयोजना गरेर भुसाल एकीकृत समाजवादीमा जान लागेका हुन् । पार्टी प्रवेशअघि शुक्रबार अपरान्ह भुसालले आफूनिकट केही एमाले कार्यकर्तालाई पनि छलफलमा बोलाएका छन् ।
रुपन्देही १ मा घनश्याम भुसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए । भुसाललाई कांग्रेस–माओवादीसहितको सत्ता गठबन्धन दलले समर्थन गरेको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले उनको टिकट खोसेपछि भुसाल पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका थिए ।
यो पनि-प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं सांसद शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुस २६ गते विश्वासको मत दिएकोबारे नयाँ रहस्य खोलेका छन् ।बिहीबार विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको बताएका हुन् ।
उनले राष्ट्रपति वा उपराष्ट्रपति पाइन्छ भन्ने ग्यारेन्टी नभएको तर, मतकोअ आशा भने राखेको बताए । तैपनि उनको घुमाउरो बोलीअनुसार प्रधानमन्त्री प्रचण्डसँग केही सम्झौता भएरै विश्वासको मत भने दिइएको छनक पाइन्थ्यो ।