आ’त्मदाहको घटना बढेपछि बोतल र जर्किनमा पेट्रोल बेच्न रोक


नेपाल प्रहरीले पेट्रोलियम पदार्थलाई खुलारुपमा बोतल र जर्किनलगायतका सामग्रीमा बिक्री नगर्न र सिधै सवारीसाधनमा भर्न आग्रह गरेको छ। अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थ खुलारूपमा बिक्रीवितरण गर्दा असुरक्षा बढेकोले उक्त निर्णय गरिएको जिल्ला प्र’हरी परिसर काठमाडौं जारी गरेको विज्ञप्तीमा उल्लेख छ। मंगलबार दिउँसो नयाँबानेश्वरको संसद भवन अगाडि इलामका प्रेमप्रसाद आचार्यले शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाएका थिए। सोही घ”टना भएपछि असुरक्षा भएको भन्दै प्रह’रीले उक्त विज्ञप्ती मंगलबार राती सार्वजनिक गरेको हो।

जिल्ला प्र’हरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पछिल्लो समय काठमाडौंका केही पेट्रोलपम्पबाट खुलारूपमा बोत्तल, जर्किनलगायत भाँडोमा अति प्रज्ज्वलनशील पदार्थ बिक्री वितरण भएको भन्दै त्यसलाई तत्काल रोक्न पेट्रोलपम्प सञ्चालकलाई आदेश दिएका छन्। पेट्रोलपम्पबाट सिधै सवारीसाधनमा भर्नेबाहेक खुलारूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानुनबमोजिम है’दसम्मको कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस

गृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा एकजना न्यायाधीश फेरिएका छन्। यसअघिको इजलासमा रहेका न्यायाधीश प्रकाशमान सिंह राउतलाई हटाएर कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई ल्याएका हुन्। न्यायाधीश श्रेष्ठ बिदामा रहेकाले यसअघिको इजलासमा उपस्‍थित थिएनन्। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा भने यथावत् छन्।

अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरी नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ। सर्वोच्चले रिट निवेदन उपरको सुनुवाइ स्थगित नहुने गरी लामिछानेको मुद्दामा आजबाट संवैधानिक इजलासमा अन्तिम सुनुवाइ गर्न लागेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री लामिछानेले २०७५ असार ६ गते अध्यागमन विभागमा आफूले अमेरिकी नागरिकता त्यागेको जानकारी गराउँदै कागजात पेस गरेका थिए।

मंसिर १२ गते गृह मन्त्रालयले लामिछानेको नागरिकता सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा छानबिन गर्न पत्र पठाएको थियो। सोसम्बन्धी फायल पनि सम्बन्धित प्रहरी कार्यालयबाट ७ दिनभित्र झिकाउन आदेश दिएको थियो। लामिछानेले २०५० साल फागुन १० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पहिलो पटक नागरिकता लिएका थिए। त्यसपछि उनी अमेरिका गए। २०७० फागुन ९ गते अमेरिकाको नागरिकता लिएका थिए। २०७५ साल जेठमा अमेरिकी नागरिकता त्यागेर नेपालको नागरिकता पुनः प्राप्त गर्ने प्रक्रिया पूरा नगरेको रिट निवेदकको दाबी छ।

अधिवक्ता रविराज बसौला र युवराज पौडेलले लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। सर्वोच्चले अन्तरिम आदेश नदिएका कारण लामिछानेको मन्त्री पद तत्कालका लागि यथावत् रहेको छ।