माडागास्करमा आँधीबाट १६ को मृ’त्यु, १९ बेपत्ता


माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्या’न गएको शुक्रबार बताइएको छ । त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको ज्या’न गएको र अरु १९ जना हाराएका सो समाचारमा जनाइएको छ ।प्राप्त समाचार अनुसार माडागाकस्करको सेनेसो क्षेत्रमा केही दिनदेखि आँधी आएको छ । सो आँधीमा परेर बिहीबार सम्ममा १६ जनाको ज्यान गएको छ भने अरु १९ जना हराएका छन् । यहाँको प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रकाअनुसार अहिले पनि आँधीको त्रास हुनसक्ने भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन भनिएको छ ।

सो केन्द्रले यहाँका ५५ हजार जना भन्दा बढी नागरिक आँधीबाट प्रभावित भएका छन् । उनीहरुमध्ये २५ हजार जनाभन्दा बढीलाई घरबाट अन्यत्रै सारिएको छ भने अरु केहीलाई सतर्क रहन भनिएको छ । यहाँका अधिकारीहरुले प्रकोपमा परेर १३ हजार घरमा बाढी पसेको छ भने अरु पाँच सय घर बाढीले बगाएको बताएका छन् ।

यो पनि पढ्नुहोस
लोकगायक भीम पौडेलको मृ’त्यु भएको छ। उनको स्याङ्जास्थित घरमा बिहीबार बेलुका १२ बजे मृ’त्यु भएको हो। राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालका केन्द्रीय सचिव जिवन दाहालका अनुसार उनी दुई महिनादेखि बिमारी थिए। उनलाई निमोनिया भएको थियो। त्यसयता उनी घरमै आराम गरिरहेका थिए।

पौडेलको पार्थिव शरीरलाई शुक्रबार पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने दाहालले बताए। पछिल्लो समय गायक पौडेल आफ्नै युट्युब च्यानलमा लाइभ दोहोरी गाउँथे। उनले केही समयअघि पोखरा विमान दु’र्घटनामा परेकी गायिका निरा छन्त्यालसँग पनि लाइभ दोहोरीमा गीत गाएका थिए। उनले तिम्रो सिउँदो भर्न सकिनँ, रुमालै बैना, मरे मत मरेलगायत गीतमा स्वर दिएका छन्।