हेटौंडाबाट काठमाडौं आउँदै गरेको ईभी ५०० मिटर तल खस्यो, ४ जनाको मृत्यु


काठमाडौः हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार मंगलबार दिउँसो करिब २ बजे ८ जना सवार ईभी सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका चार जनाको उद्धार गरिएको छ । उनीहरूमध्ये एक जनालाई हेटौंडा अस्पताल पठाइएको छ भने बाँकी तीन जनालाई काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।