आ”त्मदह गरेका प्रेम आर्चायकी श्रीमती भन्छिन्-‘मेरो श्रीमानले मलाई पैसा आओस् भन्नकै लागि त्यो कदम चाल्नुभएको होइन


आ”त्मदह गरेका प्रेम आर्चायकी श्रीमती भन्छिन्-‘मेरो श्रीमानले मलाई पैसा आओस् भन्नकै लागि त्यो कदम चाल्नुभएको होइन। अहिले उहाँको नौ दिनको दाहसं”स्कार कर्ममा छु, तर सामाजिक सञ्जालमा मानसिक तनाव दिने म्यासेस र पोस्ट आइरहेका छन्, यसले मलाई अझ विक्षिप्त बनाएको छ’, उनले भनिन्, ‘मेरो खातामा पैसा हाल्न मैले कसैलाई व्यक्तिगत रूपमा आग्रह गरेको छैन।

सहयोगी मनबाट सहयोग स्वरूप रकम जम्मा भएको होला, तर मलाई जथाभावी भाइरल बनाउने र दुष्प्रचार गर्ने काम भएको छ।’ उनले आफनो गोपनीयता भंग गर्ने बैंक र कर्मचारीविरुद्ध काठमाडौंमा रहेका आफन्तको सहयोगमा उजुरी गर्ने बताइन्। सामाजिक सञ्जालमा नानुका अधिकारीको बानेश्वर शाखाको ग्लोबल आइएमई बैंकको खाता नम्बर र त्यसमा जम्मा भएको रकमको स्क्रिन सटहरू पोस्ट भइरहेको छ।

यो समाचार पनि पढ्नुहोस
मिटर ब्याजको धन्दा गर्दै आर्थिक शोषण गर्ने दीलिप साह प”क्राउ परेका छन् । गरिब र सोझाहरुलाई मिटर ब्याजमा पैसा लगाउँदै आएका ४१ वर्षीय साहलाई धुनषा प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा मिटर ब्याजबाट ठगी एवं शोषण गरेको उजुरी परेको थियो । उजुरीपछि उनलाई जनकपुरधाम उप-महानगरपालिका वडा नम्बर १ मा रहेको आफ्नै घरबाट प”क्राउ गरेको हो ।

प्र”हरीले साहको साथबाट पुरानो पेस्तोल, गोली र तमसुकहरु पनि बरामद गरेको छ । उनको घर र पसलमा खानतलासी गर्दा पेस्तोसहित विभिन्न तमसुक फेला परेका हुन् । साहमाथि थप हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।