बालाजुमा सोमबार साँझ भएको यातायात मजदुरको आन्दोलनका क्रममा मोबाइल पसलमा भएको लुटपाट घटनाको छानविन गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ। मंगलबार गृह सचिव विनोद प्रकाश सिंहले प्रहरी आइजिपी धिरजप्रताप सिंहलाई फोन गरी यस विषयलाई गम्भीरतापूर्वक अनुसन्धान गर्न निर्देशन दिएको प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतले जानकारी दिए।
‘अनुसन्धान गर्नुपर्ने नियमित काम त गर्नुहुन्छ नै, तर यसलाई गम्भीरतापूर्वक अनुसन्धान गर्न निर्देशन दिनुभएको हो,’ उनले भने यातायात मजदुरले गरेको आन्दोलनले सोमबार साँझ उग्र रूप लिएको थियो आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले ल्होत्से मलमा पनि तोडफोड गरेका थिए। उनीहरूले मलमा रहेको एसिडीसी मोबाइल सेन्टरमा लुटपाट गरेका थिए।
यातायत मजदुरहरुले काठमाडौको बालाजु सडकमा नेपाल प्रहरीको भ्यानमा आगजनी गरेका छन् ।आन्दोलनकारीहरुले मुल सडकमै प्रहरीको एउटा गाडीपनि तोडफोड गरी जलाए । आक्रोसित भिडलाई नियन्त्रणमा लिन अर्सु ग्यास समेत प्रहार गरेको छ।। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात संघले संयुक्त रूपमा गरेको आन्दोलनले हिजो एक्कासी उग्र रुप लियो ।
आन्दोलनका क्रममा उनीहरूले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्यान्ड लगायतका संरचना भत्काएर त्यसैमाथी आगो लगाइदिएका छन्। भीडले ल्होत्से मलभित्र गएर त्यहाँका मोबाइल पसलहरुसहित अरु कोठाहरुमा पनि तोडफोड गरेकोप्रहरीले जनाएके छ । तो’डफोडका क्रममा मोवाइल लिएर भागेको दृश्य पनि सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । प्रर्दशनकारीले प्रहरीमाथि ढुंगामुढा समेत गरेका थिए।
आन्दोलनका क्रममा २० जना प्रहरी घाइते भएका छन्। सोमबार साँझ आन्दोलन गर्ने क्रममा अवस्था उग्र बन्दा प्रदर्शनकारीको आक्रमणमा परी २० जना प्रहरी घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं एसएसपी हिमालयकुमार श्रेष्ठले जानकारी दिए। घा’इतेमध्ये दुई जनाको टाउकोमा चो’ट लागेको छ।
उनीहरूको प्रहरी अस्पतालमा उपचार भइरहेको छ। प्रदर्शनकारीहरू घा’इते भएको कुनै जानकारी अहिलेसम्म नभएको पनि उनले बताए। यस्तै प्रदर्शनमा संलग्न ९ जनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए।