डाक्टरको लापरवाहिका कारण साढे २ बर्षे छोरीको ज्यान गएको भन्दै हिमाल अस्पताल अगाडी बाबुआमा आन्दोलित …………..


काठमाडौको कमलपोखरीमा रहेको हिमाल अस्पतालमा अस्पतालको लापरवाहीका कारण साढे २ बर्षकी बालिकाको ज्यान गएको परिवारले आरोप लगाएका छन् ।

उनीहरु डाक्टरको लापरवाहीका कारण छोरीको ज्यान गएको भन्दै हिमाल अस्पताल अगाडि अनसन बसेका छन् । गत माघ २३ गते प्रशंसा गौतमको स्वास्थ्यमा समस्या आएपछि उनका बाबु गंगा गौतम र उनकी आमा आशिका भण्डारीले उनलाई नजिकै रहेको हिमाल अस्पतालमा पुराएका थिए ।

अस्पतालमा रहेका डा. जय देब यादवले उनको सामान्य चेकजाँच गरेर प्रसंशालाई भाइरल ज्वरो आएको भन्दै ४ दिनका लागि औषधि दिएर घरमै आरामगर्न सुझाब दिएको बालिकाका बाबुले बताएका छन् । अस्पतालले दिएको औषधिले बालिकालाई कुनै सुधार देखिएन । अलिअलि गर्दै उनकोे खाना कम हुँदै गयो ।

उनी कमजोर देखिन थालिन्, त्यसपछि भोलिपल्टै पुनः प्रसंशालाई सोही अस्पतालमा पुर्याइयो ।बालिकाका बाबु भन्छन् बालिकालाई स्वास फेर्न समेत समस्या भएको भन्दा डा.ले ज्वरो धेरै आएकले यस्तो भएके हुनसक्ने बताउदै इमरजन्सीमा गएर बाफ लिएर घर लैजान सकिने र आत्तिन नपर्ने भन्दै पठाएका बालिकाका बाबु गंगा गौतमले बताए ।

अस्पताल लैजाले फर्कने क्रम चल्दै थियो उनको स्वास्थ्यअवस्था सुधार हुनुको साटो झन भन्दा झन बढ्न थाल्यो, उनको अनुहार पनि सुन्नीन थाल्यो । गंगा भन्छन्, त्यसपछि चिकित्सकले पर्दैन भन्दा पनि उनीहरुले बालिकालाई जबरजस्ती उक्त अस्पतालमा भर्ना गराए । त्यसपछि भिडियो एक्सरे र रगत परिक्षण गर्दा उनको फोक्सोमा पानि जमेको रिपोर्ट आयो ।

बालिकाको अक्सीजन लगातार घटिरहेको थियो ।, फोक्सोमा पानि जमेको तथा , अक्सीजन लगातार घटेको देखेर हिमाल अस्पतालमा उपचार सम्भव नहुने भन्दै चिकित्सकले कान्ती बाल अस्पतालमा रिफर गरिदिए । तर रेफर लेटरमा भने न आफँले हस्ताक्षर गरे न हिमाल अस्पतालको छाप नै लगाए ।

डा. यादवले हिमाल अस्पतालबाट बालिकालाई निकाल्दै गर्दा उक्त अस्पतालमा उपचार गराएको रेकर्ड समेत लुकाउन प्रयास गरे तर आफुले बलजफ्ती खोसेर उक्त रेकर्ड कान्ती बाल अस्पतालमा पुर्याएको बालिकाका बाबुको भनाई छ । उपचारमा संलग्न डा. ले कान्ती अस्पतालमा फोन गरेर भनिदिएको भन्दै रेफर गरेको उनको भनाई छ । ।

तर त्यहाँ पुग्दा उक्त अस्पतालबाट केही जानाकारी नआएको भन्दै अस्पतालमा बेड समेत नभएको कारण देखाउदै कान्ती अस्पतालले समेत नलिएको गंगाको भनाई छ । त्यसपछि पिआइसियु खाली भएके अस्पताल खोजि गरेर मेट्रो अस्पताल पुराए र इमरजन्सीमा भर्ना गरायौँ तर हिमाल अस्पताल र कान्ती अस्पतालको चक्कर काट्दा काट्दा हामीलाई ढिलो भैसकेको थियो ।

उनको अक्सीजन लेबल निकै कम भैसकेको थियो । मेट्रो अस्पतालमा भर्ना गरेर उपचार सुरु गरेको करिब २ घण्टामै अस्पतालले छोरीलाई मृत घोषणा गरिदियो । उनी भन्छन्। बालिकालाई उपचारका लागि लैजाँदा समान्य भएको भन्दै फर्काइनु,४ दिन सम्म कुनैपनि परिक्षण नगरिनु ,साथै सिट हुदै नभएके अस्पतालमा ।

अस्पतालको फर्जि कागज बनाएर रेफर गर्नुको कारण आफ्नी छोरीको मृत्यु भएको परिवारको गुनासो छ । दुर्गम गाउँबाट बिरामी उपचारका लागि देशको राजधानी ल्याइन्छ र निको पारेर फर्काईन्छ । त्यही राजधानीमा सामान्य रुघाखोकी लागेकी आफ्नी साढे दुई वर्षकी छोरी प्रशंसा गौतमले ४ दिनदेखि लगातार डाक्टरको सम्पर्क र निगरानीमा हुँदाहुँदै पनि उचित उपचार नपाएर मृत्युवरण गर्नु पर्यो, किन?

हाम्रो स्वास्थ्य प्रणालीमा वा उपचार पद्धतीमा कहीँ कतै कमजोरी छ कि किन यस्तो हुन्छ ? कि नेपालमा बेचिने औषधीमा खराबी छ ? कि डाक्टरको योग्यतामा कमजोरी छ ? बिरामीको उपचार गर्दा अवस्था अध्ययन गर्ने, जाँच गर्ने अनिवार्यता हुन्छ कि हुँदैन भन्ने प्रसंशाको परिवारको प्रश्न छ ।

https://www.facebook.com/mechikalipage/videos/1136340987041891