सदनमा मोबाइल स्वीच अफ गर्न राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको आग्रह


राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदनमा रहँदा मोबाइल स्वीच अफ गर्न सांसदहरुलाई आग्रह गरेका छन ।

आज राष्ट्रिय सभाको बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह गरिमा आफ्नो धारणा राखिरहेकी थिइन ।

त्यसबेला कुनै एक सांसद मोबाइल चलाइरहेको देखेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले त्यसो नर्गन भनेका हुन ।

‘माननीय जी मोबाइल स्वीच अफ गर्नुस’ अध्यक्ष तिमिल्सनाले राष्ट्रिय सभाको बैठकमै भनेका हुन ।