ओलीमाथि ढुंगा प्रहार


नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको छ । झापामा आयोजित कार्यक्रममा जाँदा आज ओलीमाथि ढुंगा प्रहार भएको हो । बुधबार प्रतिनिधिसभामा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले पार्टी अध्यक्ष ओली कार्यक्रमतर्फ जाँदा आक्रमणको प्रयास भएको बताए ।

‘काठमाडौंबाट झापातर्फ जाँदै गर्दा कार्यक्रमस्थल बुधबार जाने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि बाहिरबाट होहल्ला गर्ने गतिविधि भएका गिरीले बताएका छन् । कार्यक्रम विथोल्न अवाञ्छित गतिविधि भएको तथा शान्ति भंग गराउने काम भएको उनको भनाई छ।