१६ सय विद्यार्थीको सकुशल उद्धार, त्रिशूली माध्यमिक विद्यालयको भवन बाढीले तहसनहस


काठमाडौँः करिब १ हजार ६ सय विद्यार्थी अध्ययनरत त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका सबै विद्यार्थीको सकुशल उद्धार गरिएको छ । भोटेकोशी–त्रिशूलीमा आएको बाढीको सूचना बिहान १० बज्न केही मिनेटअघि मात्रै पाएपछि शिक्षक–शिक्षिकाले विद्यार्थीलाई सुरक्षित स्थानतर्फ लगेका हुन् ।

वि.सं. २००० सालमा स्थापना भएको ऐतिहासिक विद्यालयको भवन भने भोटेकोशी–त्रिशूलीको विनाशकारी बाढीले त्रिशूली बजारसँगै तहसनहस बनाएको छ ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार सबै विद्यार्थीको पूर्ण विवरण आइनसके पनि केही छिटपुटबाहेक अधिकांश विद्यार्थी सकुशल छन् ।