काठमाडौँः नेपाल–चीन सीमा क्षेत्रमा पहिरो र बाढीपछि अर्को ठूलो जोखिम देखिएको छ । नेपालको छोचेन खोला र पुरेपु साङ्पो नदीको दोभानमा पहिरोले विशाल कृत्रिम ताल बनेको छ ।
चिनियाँ जलस्रोत मन्त्रालय र ग्लोबल टाइम्सका अनुसार बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ । आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुने अनुमान गरिएको छ । पानीको दबाब बढ्दै गए ताल जुनसुकै बेला फुट्न सक्ने चेतावनी दिइएको छ । सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै चीनले बाढीको सिमुलेशन तथा जोखिम विश्लेषण तीव्र बनाएको छ ।
उद्धार टोली र चिनियाँ जनमुक्ति सेनालाई उच्च सतर्कतामा राखिएको छ भने नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।





