काठमाडौँ: ८७ वर्षीया व्यवसायी राजी राणाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ९ लाख रुपैयाँ सहयोग गरेकी छन् ।राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको रकमको चेक शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो ।
यस्तै, राणाको कार्यालयमा कार्यरत कर्मचारीहरूले पनि ८० हजार रुपैयाँ सहयोग गरेका छन् । राणाले थप २५ लाख रुपैयाँ बराबरको जिन्सी तथा खाद्यान्न सहयोग गर्ने तयारी गरेको बस्नेतले जानकारी दिए । अर्थ र गृह मन्त्रालयसँग समन्वय गरी आवश्यक स्थानमा उक्त सहयोग उपलब्ध गराइने बताइएको छ ।





