काठमाडौँः त्रिशूली नदीमा आएको बाढीले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा करिब ५० मिटर सडक बगाएपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
पृथ्वी राजमार्ग निर्माण आयोजनाका इन्जिनियर धिरज ढकालका अनुसार नदीले तलबाट सडक कटान गर्दा सडक बगेको हो। केही स्थानमा पाँच मिटरसम्म कटान भएको र सडक चिरिएकाले थप भासिने जोखिम रहेको छ । राजमार्ग तत्काल सञ्चालन गर्न सकिने अवस्था नरहेको भन्दै बगेकै स्थानमा ‘टो वाल’ निर्माण गरेर सडक खुलाउन समय लाग्ने जनाइएको छ । कृष्णभीरमा पहिरोको जोखिम रहेकाले डाइभर्सन निर्माणको सम्भावना पनि कम रहेको छ ।
यातायात बन्द भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले काठमाडौँ जाने यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।





