कन्काई पुलमा ढिलाइः पप्पु–महादेव खिम्ती जेभीलाई झण्डै २ अर्ब जरिवाना


काठमाडौँः झापाको कन्काई पुल निर्माणमा लामो समयदेखि ढिलाइ भएपछि सरकारले ठेकेदार कम्पनी पप्पु–महादेव खिम्ती जेभीलाई १ अर्ब ९९ करोड १२ लाख रुपैयाँ जरिवाना तिर्न आदेश दिएको छ ।

२०७१ सालमा ३४ करोड ९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको ७२३ मिटर लामो पुल २०७२ सालमै निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, पाँच पटक म्याद थपिँदासमेत हालसम्म ५६ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

पुल निर्माणमा भएको ढिलाइका कारण लामो समयदेखि स्थानीयवासी जोखिमपूर्ण तरिकाले आवतजावत गर्न बाध्य छन् ।